२२ असार, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि संसद्मा अघि बढाइँदैछ ।
प्रतिनिधिसभामा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले यससम्बन्धी दुई वटा महासन्धि लगेका छन् । यसलाई अगाडि बढाउने कार्यसूची सोमबारको प्रतिनिधि सभाको बैठकका लागि तय भएको छ ।
जसअनुसार अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुँदैछ ।
यसैगरी अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ नं. ८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत हुँदैछ ।
दुवै प्रस्ताव युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले प्रस्तुत गर्नेछन् ।अनलाइनखबर















