दमौली, १६असार ।
माध्यमिक शिक्षा परीक्षा एसइई परीक्षा २०८१ को नजिता शुक्रबार सार्वजनिक भएसँगै व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालयमा एक विद्यार्थी माथि प्रयोगात्क परीक्षामा दिएको नम्वरलाई लिएर सर्वत्र आलोचना भएको छ । विद्यालयबाट सिंनं ०४२०१५२८ एफ भएकी व्यास नगरपालिका–५ कन्टारकी अन्वेषिका शर्मालाई बिषयगत शिक्षकले दिने आन्तरिक प्रयोगात्मक नम्बरमा मनलाग्दी गरेका कारण विद्यार्थीले ४ जिपिए पाउनबाट वञ्चित भएकी छन् । विद्यार्थी शर्माले ३.९८ जिपिए ल्याएकी छन् । यो विद्यालयकै उत्कृष्ट जिपिए हो । विद्यार्थी शर्मा उत्कृष्ट विद्यार्थी हुन भन्ने कुराको पुष्टि विद्यालयमा रहेका हरेक गविविधिमा उनले गरेको प्रस्तुतीले सावित गरिदिएको छ ।
अंग्रेजी बिषयकी शिक्षक जीवनी नागिलाले विद्यार्थीलाई दिइने प्राक्टिकल नम्बरमा विभेद गरेका कारण विद्यालय र विद्यार्थीको भविष्यमाथि खेलबाड गरेकी हुन् । शिक्षक नागिलाको कार्य हेर्दा मानवीय त्रुटि नभई नियतवंश भएको सहजै देख्न सकिन्छ ।
किन भने शर्मा सरहका विद्यार्थीलाई प्राक्टिकलमा २४÷२५ नम्बर दिइरहँदा शर्मालाई किन २२ नम्बर दिइयो भन्ने गम्भीर प्रश्न यहाँ उब्जिएको छ । पुन ः नम्बर रुजु गर्दा दिइएको २२ नम्बरलाई काटेर पुन ः २२ नम्बर नै कायम गरिनुले त्रुटी नभई नियतवश भएको सहजै अनुमान गर्न सकिन्छ ।

नम्वरलाई प्रमाणित गर्ने तत्कालीन प्रध्यानाध्यापकले समेत त्यसैलाई केरमेट गरेर प्रमाणित गरेको देखिन्छ । जिरो प्वाइन्ट ५ नम्बर मात्रै थप गरिदिएको भए शर्माले ४ जिपिए ल्याउने थिइन् भने विद्यार्थीको उत्कृष्ट नतिजा आउने थियो । जुन अवसर सुनौलो अवसर शिक्षक नागिलाका कारण बञ्चित हुन पुग्यो ।
छात्रा शर्मालाई ४ जिपिए ल्याउँदा पाउने सेवा सुविधाबाट बञ्चित गराउने अवस्था सिर्जना भएको छ । कक्षा ६ देखि उत्कृष्ट अंक ल्याइरहेकी विद्यार्थीलाई शिक्षकले दिने आन्तरिक अंकलाई असावधानी मात्रै मान्न सकिदैन्,यसले थुप्रै आशंका उब्जाएको छ ।
विद्यालय प्रशासन र तत्कालिन प्रधानाध्यापकको गैरजिम्मेवारी देखिएको अभिभावक अतिन्द्रकेशरी न्यौपानेले बताए । उनले भने “यो कार्य त्रुटीवंश नभई नियतवश गरिएको हो ।”
यस किसिमको गैरजिम्मेवारीपन कार्यले हाम्रो छोरी पीडित भएपनि आउँदा दिनमा कुनैपनि निर्दोष बालबालिकाले यस्तो नियती भोग्नु नपरोस्,उनले भने ।
शिक्षक नागिला जनजुक्त माध्यमिक विद्यालयबाट सरुवा भएर सत्यवतीमा आएकी बताइएको छ । विद्यालयका एक शिक्षकले भने नयाँ शिक्षक भएकाले कुन विद्यार्थीको क्षमता कस्तो छ नबुझि हचुवाको भरमा प्राक्टिकल नम्बर दिदाँ यो घट्ना हुन पुग्यो, । यस घट्नाले विद्यालय परिवारमा नमज्जा र पछुतो लागिरहेको छ,ती शिक्षकले भने ’ ।
विद्यालयकी तत्कालिन प्रधानाध्यापक पुष्पकला भट्टराईले त्रुटीका कारण ठुलो नोक्सान ब्योर्हनुपरेको स्वीकार गरे । दाँतमा ढुंगा लागे जस्तो भएको छ,उनले भने “प्राविधिक त्रुटि भएको हो कि भनेर हेर्ने कार्य भइरहेको छ ।” तत्कालिन प्रअ भट्टराईले धेरै विद्यार्थीका कारण नम्बर रुजु कार्य गर्न नसकिएको समेत बताएकी थिइन् । जब कि विद्यार्थी शर्मालाई प्राक्टिकलमा २२ नम्बर दिएर पुन ः काटेर सोही नम्बर राखिएनुले रुजु गरि पठाइएको देख्न सकिन्छ ।
विद्यालयका प्रधानाध्यापक इन्द्रप्रसाद पौडेलले े अन्वेषिका शर्मा राम्रो विद्यार्थी रहेको र शिक्षकका त्रुटिका कारण ४ जिपिए ल्याउनबाट चूकिएको बताए । आउँदा दिनमा यस्ता गल्तीबाट पाठ सिक्दै सचेत अपनाएर काम गरिने उनले बताए ।
सत्यवतीमा १६ जना फेल ः
उक्त विद्यालयमा तीन सय उन्नाइस जना विद्यार्थीले एसइइ परीक्षा दिएका थिए । जसमध्ये तीन सय तीन जना पास भएका छन् । जसमा ३.६ माथि ९२,३.२ देखि ३.६ सम्म एक सय तेह्र,२.८ देखि ३.२ ८२,२.४ देखि २.८ सम्म १५ जना रहेका छन् । कूल पास प्रतिशत ९४.९८ रहेको छ भने अन्वेषिका शर्माको उत्कृष्ट जिपिए ३.९८ रहेको छ । १६ जना फेल भएका छन् ।
















