घिरिङ गाउँपालिकाले आगामी आर्थिक वर्षकोलागि ४५ करोडको अनुमानित बजेट प्रस्तुत गरेको छ । मंगलबार भएको १६ औं गाउँसभामा उपाध्यक्ष राधादेवी अधिकारीले उक्त बजेट प्रस्तुत गरेकी थिईन् ।
जसमध्ये आन्तरिक श्रोत अनुदान ४ करोड १९ लाख, संघीय वित्तिय समानीकरण अनुदान ८ करोड ६० लाख, संघीय राजश्व बाँडफाँड ७ करोड ५६ लाख, प्रदेश सरकार वित्तिय समानीकरण १ करोड ४ लाख ७० हजार, प्रदेश सरकार राजश्व बाँडफाँड ७८ लाख ७६ हजार, संघीय सशर्त अनुदान १७ करोड ३५ लाख, संघीय समपुरक अनुदान २ करोड ४१ लाख, संघीय विशेष अनुदान ७५ लाख, प्रदेश समपुरक अनुदान ६० लाख, प्रदेश विशेष अनुदान ४० लाख र प्रदेश सशर्त अनुदान २० लाख अनुमान गरिएको छ ।
















