दमौली
आँबुखैरेनी गाउँपालिका आर्थिक वर्ष २०८२÷८३ को लागि ६२ करोड ८ लाख २२ हजार ८३ रुपयाँको बजेट ल्याएको छ । सोमबार भएको १७ औं गाँउसभामा सनो बजेट पेश भएको हो ।
गाउँपालिकाले आर्थिक विकास ५ करोड ८४ लाख ९० हजार ,पसर्वाधार विकासमा २१ कारेड ९४ लाख ४५ हजार ७२ रुपयाँ, संस्थागत विकास तथा शुसान तर्फ ११ करोड ५३ लाख ९० हजार, समाजिक विकास तर्फ २३ करो ५१ लाख २८ हजार ११ रुपयाँको बजेट पेश गरेको हो । पर्यटन,कृषि उद्यम, र पुर्वाधार सुखी र समृद्व आँबुखैरेनीको आधार शिक्षा,स्वास्थ्य र समाजिक सुरक्षाको महत्व,आँबुखैरेनी गाउँपालिकाको दायित्व’ मुल नारा अंधिकार गरेको छ ।
















