दमौली
व्यास नगरपालिकाको ४३ औं नगर सभा सोमबार सम्पन्न भएको छ । नगर प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा भएको सभामा विभिन्न बिषयहरु पारित भएको व्यास नगरपालिकाले जनाएको छ । नगरसभामा आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम र बजेट सहित विभिन्न प्रस्तावहरू पारित गरिएको व्यास नगरपालिकाले जनाएको छ । नगरप्रमुख न्यौपानेले पेश गरेको ३ सय ३ बुँदे नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
प्रस्तावहरु माथि नगरसभा सदस्यहरू गौकुमारी न्यौपाने,जगत बहादुर क्षेत्री, हरिश्चन्द्र पन्त, सरोज भण्डारी, रनसिं नेपाली, शुन्दर वाग्ले, ढालप्रसाद घिमिरे , यज्ञ शर्मा, दुर्गा आले, जीवन गुरुङ्ग लगायतले बहसमा भाग लिएका थिए । नीति तथा कार्यक्रममा छलफल पश्चात सम्सोधन सहित सर्वसम्मतीले पारित गरिएको हो । नगर उपप्रमुख इन्दिरा दरैले आर्थिक वर्ष २०८१÷८२ को लागि १ अर्ब ७५ करोड ८४ लाख १९ हजार रुपैयाँ बराबरको बजेट प्रस्ताव पेश गरेकी थिइन् । कुल खर्चमा चालुतर्फ ९८ करोड २० लाख ७ हजार हेको छ भने भने पूजीगत तर्फ ७७ करोड ६४ लाख ११ हजार ६ सय विनियोजन गरिएको छ । उक्त बजेटसमेत नगरसभाबाट पारित गरिएको छ ।
नगरपालिकाका विधायन समितिका संयोजक रमेशचन्द्र हडखले ले केही ऐन संशोधन गर्ने विद्ययेक २०८२ प्रस्ताव पनि पेश गरेका थिए ।नगरपालिकाले आजको नगरसभा सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ । नगरसभाको अर्को बैडक असार २४ गते विहान ११ बस्ने गरी स्थगन भएको छ ।
















