images
images

आँबुखेरेनीमा रैथाने खाना तथा खाजा बनाउने तालिम सम्पन्न

images

तनहुँ
आँबुखैरेनी गाउँपालिकामा रैथाने खान तथा खाजा बनाउने तालिम सम्पन्न भएको छ । गरिब निवारणको लागि लघुउद्यम विकास कार्यक्रम ९ःभ्म्एब्० अन्तर्गत तीन दिने बनाउने तालिम सम्पन्न भएको हो । आर्थिक वर्ष २०८१–८२ मा सञ्चालन गरिएको उक्त तालिमले स्थानीयस्तरमा उत्पादन भएका अर्गानिक वस्तुलाई उपयोग गर्दै स्वदेशी परिकार उत्पादन र व्यवसाय प्रवर्धनमा योगदान पु¥याउने गाउँपालिकाकी उापध्यक्ष दुर्गा आर्यालले बताइन् ।

गाउँपालिका उपाध्यक्ष अर्यालले स्थानीय उत्पादनमा आधारित खाजा निर्माण तालिमले होमस्टे सञ्चालन, स्थानीय रोजगारी सिर्जना र स्वास्थ्यवद्र्धक खानपान संस्कारलाई प्रवर्धन गर्ने विश्वास व्यक्त गरिन्। उनले तालिमले महिला सशक्तीकरणमा समेत महत्वपूर्ण भूमिका खेल्ने बताइन्। आँबु कृषि शाखा प्रमुख सन्तोष केसीको अध्यक्षतामा भएको कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै शर्माले स्थानीय परिकारहरुको बनाउने कलालाई पुस्तान्तरण गर्दै ब्यवसायीकरण गर्न आवश्यक रहेको बताए । कार्यक्रममा बोल्दै जिल्ला आयाुर्वेद स्वास्थ्य केन्द्रका बरिष्ठ कविराज निरिक्षक शम्भु चापागाईले रैथाने खानामा पर्याप्त पौष्टिक आहारको मात्रा हुने र मानव स्वास्थ्यका लागि रैथाने खाना राम्रो भएको बताए । तालिम प्रशिक्षक नारायण लामाले सहभागीहरूलाई विभिन्न प्रकारका रैथाने खाजाका परिकार बनाउन सिकाएका थिए। तालिममा १८ जना महिलाको सक्रिय सहभागिता रहेको थियो।

स्थानिय स्तरमा व्यावसायिक सम्भावना भएको रैथाने खानालाई प्रवर्धन गर्दै स्वावलम्बी समाज निर्माण गर्ने उद्देश्यसहित गरिएको तालिम प्रभावकारी भएको सहभागीहरूले बताएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS