म्याग्दे , १ असार ।
गाउँघरमा सित्तैमा पाइने मकैको खोस्टा पालिकाले प्रतिकिलो तीन सय पचास रुपैयाँमा खरिद गरेको खुलेको छ । म्याग्दे गाउँ पालिकाले आर्थिक बर्ष २०८०/०८१ मा मकैका भुत्लाबाट चकटी बनाउने तालिमका नाममा मैकको भुत्ला खरिद गर्दा पालिकाबाट ७० हजार रुपैयाँभन्दा बढी रकम खर्च भएको विवरण महालेखा परीक्षकको प्रतिवेदनमा सार्वजनिक भएको छ ।
महालेखा परीक्षकको कार्यालयले आर्थिक बर्ष २०८०/०८१ मा पालिकाले मकैको खोस्टाबाट विभिन्न सामग्री बनाउन तालिम सञ्चालन गरेको थियो। सोही तालिमको लागि आवश्यक भनिएको कच्चा सामग्री खरिद गर्दा अत्यधिक मूल्य तिरेको महालेखा परीक्षकको कार्यालयले जारी गरेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
गाँउघरमा सहजै पाइने सकिने मकैको भुत्ला यति महँगो मूल्यमा खरिद गर्नु अनियमितता र लागत वृद्धिको स्पष्ट संकेत रुपमा लिन सकिन्छ । महालेखापरीक्षकको प्रतिवेदनमा भनिएको छ ‘पालिकाले मकैको खोस्टाबाट विभिन्न सामाग्री बनाउने तालिम सञ्चालन गरी रु ४,२६,००० खर्च लेखेकोमा कच्चा सामाग्री रु ७०,००० पालिकाबाट भुक्तानी भएको छ ।
उक्त सामाग्री कच्चा पदार्थ मकैको खोस्टा प्रति केजी ३ सय ५० दरले खरिद गरी खर्च लेखेको छ । समुदायलाई नै उपयोगी हुने तथा सबै सहभागी गाँउबाट नै रहेको हुँदा मकैको खोस्टा सहभागी कै घर गाउँबाट सजिलै उपलब्ध हुने देखिन्छ । तर उक्त संस्थाले मकैको खोस्टा प्रति केजी रु ३५० उच्च मूल्य राखी खरिद गरेको र सो मा उपभोक्ता को लागत साझेदारी पनि नगरेको पाइयो पालिकाले कार्यक्रम संचालन गर्दा कच्चा सामाग्रीको उपलब्धता तथा साझेदारीलाई पनि विचार गरी कार्यक्रम तय गर्नुपर्दछ । ’ उल्लेख गरिएको छ ।
महालेखा प्रतिवेदनमा‘ तालिम पश्चात सहभागीहरुले सो सिपबाट के कस्तो आयआर्जन गरेको छनको को अनुगमन प्रतिवेदन पेश गरेको छैन् भनि उल्लेख गरिएको छ ।
















