तनहुँ,
व्यास – व्यास नगरपालिकाले गएका तिन बर्षहरुमा आफ्नो विकास योजनाहरूको कार्यान्वयनमा उल्लेखनीय प्रगति गरेको जनाएको छ। आइतबार जनप्रतिनधिहरु निर्वाचित भएको तिन बर्ष पुगेको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख बैकुण्ठ न्यौपानेले विभिन्न ठूला योजनाहरूको सफलतापूर्वक सम्पन्नता र आगामी योजना विस्तारबारे बताए । विकास निर्माणले नगरको भौतिक पूर्वाधार विकासमा ठूला फड्को मारेको नगर प्रमुख न्यौपानेले बताए ।
तिन बर्षको अवधिमा व्यास नगरपालिकाको वडा नं। ६,१३ र १४ को वडा कार्यालय भवनहरु निर्माण समपन्न भएको बताए । यो अवधिमा वडा नं ८ को भवन निर्माण चरणमा र ३ को निर्माण प्रारम्भ भएको बताए । । यो अवधिमा यसैगरी, नगरले शिक्षा, स्वास्थ्य, वातावरणीय सरसफाइ, र सडक विस्तारका क्षेत्रमा पनि उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गरे । व्यास नगरपालिका सम्मको झण्डै १५ किलोमिटर सडक कालोपत्रे कार्य सम्पन्न गरिएको छ। साथै, नगरले महिला सशक्तिकरण, युवा सहभागिता, पर्यटन प्रवर्द्धन, र स्थानीय शासनमा पारदर्शिता कायम गर्ने अभियानहरूमा पनि सक्रियता देखाएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख न्यौपानेले भने, ‘स्थानीय तहको समृद्धि नागरिकको सहभागिता र पारदर्शिता मार्फत मात्र सम्भव छ। हामी विकास निर्माणमा जनप्रतिनिधिहरू, कर्मचारी तथा जनताको साथ लिएर अघि बढिरहेका छौं।’ मेयर न्यौपानले यो अवधिमा हामीलाई सहयोग पुयाउनुहुने सम्पूर्ण राजनैतिक दल, निवर्तमान एवं पूर्व जनप्रतिनिधिहरु, सुरक्षा निकाय, सवै जनप्रतिनिधिहरू, आम नगरवासी र सन्चार क्षेत्रका मित्रहरूप्रति हार्दिक धनाचाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको निरुतरताका लागि अनुरोध समेत गरेका थिए ।
मुख्य कामहरु
२०७९ को निर्वाचन मा ७५ जना जनप्रतिनिधिहरूमा नगर प्रमुख, २,९,१४ का वडाध्यक्ष, २ जना कार्यपालिका मदम्य, २ जना वडा सदस्यबाट वडाध्यक्ष जमा वडा सदस्यबाट कार्यपालिका सदस्य र ५ जना वडा सदस्य सहित ५९ जना निर्वाचित भई दोहोरिएको हुन् । उप–प्रमुख सहित ५९ जन नया जनप्रतिनिधिहरु निर्वाचित भएको अवस्था स्मरण गर्दछु। यस अवधिमा भएका मुभय मुख्य उपलव्धिाटन यहां उलेख गरिएको छ।
१. नगरसभा, कार्यपालिका, बड़ा समिति लगायत विषयगत समितिहरूको सबै निर्णयहरू सर्वसम्मत भएका छन् ।
२. यस अवधिमा वडा नम्वर ६,१३,१४ का कार्यालय भवन निमाण सम्पन्न भएको बड़ा नम्बर८ को सम्पन्न हुने चरणमा रहेको बड़ा नम्वर ३ को निर्माण प्रारम्भ भएको छ। अव वडा नंं २ को भवन निर्माण हुन वकी रहेको छ।
३. ब्यास ११ मा चिस्यान केन्द्र सम्पन्न भई सञ्चालनमा आएको छ।
४. बैरेनी जग्गा विकास आयोजना व्यास–१० मा सम्पन्न हुने चरणमा रहेको छ।
५. नारेश्वर लाल व्यास–१० दुम्सीचौरमा निर्माणाधिन अवस्थामा रहेको र यस आपर्थक बर्ष बाध निर्माण सम्पन्न हुन गैरहेको छ।
६.अभिभावक विहिन वलवालिकाका लागि आवास सहितको समता विद्यालय व्यास–७ शेसमटारमा संचालनमा रहेको छ । सामुदायिक विद्यालय सुधारका कार्यहरु चत्रलरहेको छ ।
७ .बड़ा नम्बर १,२,३,४,५,६,७,८,९,१०,११ र १३ का कार्यालयदेखि सदरमुकामसंग कालेपत्रे सड़क पहुंच रहेको छ । भने वडा नम्बर ८,१२,१४ मा ओडिन बाकी रहेको छ ।
८. व्यासनगर अस्पताल व्यास १० दुम्सी बजारमा निर्माण सम्पन्न भएको छ।
९. विश्व बैंकको सहयोगमा व्यास ११ को घासिकुवा देखि वडा नम्बर १०,९ हुँदै वडा नम्बर ७ को कलेस्तीमा जोडिने १०।५० किमि सडक निर्माणधिन रहेको छ। अन्य शहरी सडकहरु विस्तार भइरहेका छन् ।
१०. व्यास १ र २ जोड़ने, करइकाठ बस पार्कमा जाने मोटरेवल पुल सम्पन्न भएको छ।
११. ब्कष्बल मभखभयिऊभलत द्यबलप को सहयोगमा गण्डकी प्रदेशका तीन पालिकामध्ये व्यास नगरपालिकामाई करप्रणाली आवधिक योजना निर्माण र मध्यकालीन खर्च संरचना निर्माणमा परियोजना चलिरहेको छ।
१२. व्यास–परासर क्षेत्र, मानुङकोट, गलेखामकोट, तनहुँ, छाब्दी बराही लगायतका पर्यटकीय क्षेत्रकी विकासमा लगानी गर्दै गण्डकी प्रदेश सरकारसँगको सहकार्यमा व्यास १४ रुम्सी गाउँलाई नमुना गाउँ निमर्माण गरिएको छ।
१३. महिला, दलित, अपाङ्गता क्षेत्रमा नेतृत्व विकास, क्षमता विकास लगायतका कार्यहरू विभिन्न कार्यक्रम मार्फत भइरहेका छन्।
१४. मेडपा, सामी, प्रधानमन्त्री रोजगार जस्ता कार्यक्रम, सध र प्रदेश सरकारसँग सहकार्य गरी उद्यमशीलता, सुक्षित रोजगारीरमण विकासमा प्रभावकारी कार्य भइरहेका छन् ।
१५ .शहरी क्षेत्रवाट उत्सर्ग हुने फोहोरलाई सोलमै वर्गीकरण गरी कुहिनेलाई गौ संरक्षण केन्द्रमा गाईको मलसँगै अर्गानिक मल उत्पादन गरी किसानहरूलाई वितरण गरिएको र नकुहीने फोहोरलाई सम्भव भएसम्म पुनयोगमा सकलन गरी बिकी भइ नगरपालिकाका आय वृद्धि भएको छ।
१६ न्एः, ग्ऋीन् ब्क्एब्ऋ, ःब्थ्इच् ँइच्ग्ःभ्, एभ्ब्ऋभ् ँइच्ग्ःभ् लगायत अन्तर्राष्ट्रिय संघ संस्थासंगको आबद्धताबाट ति संस्थाहरूले आयोजना गरेका चाइना, दक्षिण कोरिया, इन्डोनेसिया, थाइल्याण्ड, उरुग्वे लगायतका देशका कार्यक्रमहरुमा सहभागिता जनाइएको छ ।
नगरपालिकामा देखिएका चुनौतीहरु
यस अवधिमा नगरपालिकामा केही चुनौतीहरू पनि देखिएका छन् ।
१. फोहोर मैला व्यवस्थापनका लागि सरसफाई केन्द्र स्थापना का लागि जग्गा खरिद गर्ने कार्य सम्पन्न हुन सकेको छैत, सर्वदलिय संयन्त्र मार्फत सहजीकरण हुदै छ।
२.संघ, प्रदेशको अनुदान, खानेपानी, सडक योजनाहरूमा आउनुपर्ने रकम कम आउने वा नवउन गरेको, आन्तरिक राजस्वमा कमी आएकाले अपेक्षित कामहरू सम्पन्न हुन सकेको छैन ।
३ . ३ वर्षे कार्यकालमा चारजना प्रमुख प्रशासकीय अधिकृत बदलीनु भई केही कर्मचारीहरूमा कार्यालयप्रतिको इमान्दारीताना कमी आएकी, दक्ष र इमान्दार कर्मचारीहरूको दरबन्दी अनुसार पदपूर्ति हुन कठिनाइ भएकाले मूल कार्यालय र वडा कार्यालयबाट हुने सेवामा कठिनाई आएको छ ।
४. ३३ वर्षदेखिको जोडिदै आएकी बेरुजु रकमलाई रुजु गर्न कठिनाई भएको ।
५.. संघ, प्रदेशका जनप्रतिनिधिहरूसँग समन्वयको अभावमा विकास प्रक्रिया अपेक्षित उपलब्धि हुन नसकेको ।
















