तनहुँ
कुलमानलाई हटाएको विरोधमा तनहुँका ठाउँमा प्रर्दशन भएको छ । ऊर्जामन्त्रीको पुत्लादहन देखी मसाल जुुलस सम्मका विभिन्न कार्यक्रमहरु भएका हुन् । तनहुँको नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएल व्यास नगरसमितिले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । मंगलबार साँझ दमौलीमा उनीहरुले पुत्ला दहन गरेका थिए । कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा उनीहरुहरुले पुत्ला जलाएका हुन् । विरोध प्रदर्शनपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै नेकपा माओवादी केन्द्य्रका व्यास नगर उपाध्यक्ष सुर्यभक्त पौडेलले सरकारले दलाल, माफिया र भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप लगाए । ‘ कार्यक्रममा बोल्दै नगर अध्यक्ष गोपाल सुखालीले यो सरकारलाई उज्यालो मन पर्दैन, कालो धन, अँध्यारो मनपर्छ,’ सुखालीले भने भने, ‘त्यसैले सरकारले भ्रष्टाचारलाई पक्षपोषण गरेको छ ।’उ नले सरकारविरुद्ध देशभर आन्दोलनमा होमिन अपिलसमेत गरे । प्रदर्शनमा सहभागीहरुले कुलमानको पक्षमा र सरकारको विपक्षमा नारा समेत लगाएका थिए ।
यसैगरी नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आँबुखैरेनी क्याम्पस अगाडी प्रर्दशन गरेका थिए । उनीहरुले सरकारको निर्णयको विरोध गर्दै सरकारविरुद्व नारावाजी गरेका थिए । प्रदर्शनको नेतृत्व आँबुखैरेनी स्वतन्त्र विद्यार्थीका यूनियनका सभापतिनिशान थापाले गरेका थिए ।
यसैगरी तनहुँको डुम्रे बजारमा कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाएको विरोधमा मंगलबार साँझ मसाल जुलुस निकालिएको थियो । नेकपा माओवादी केन्द्रका युवा नेता क्षितिज लामिछानेले सरकारको निर्णयको विरोध गर्दै भने सरकारले दलाल, माफिया र भ्रष्टाचारीहरुलाई संरक्षण गरेको आरोप लगाए । विरोधमा बन्दिपुर गाउँपालिकाका पुर्व अध्यक्ष पुर्ण सिंह थापा, लगायतका सयौ नेता कार्यकताहरुको सहयोग रहेको थियो ।
https://fb.watch/yyuHX__Vb5/
















