images
images

आँबुखैरेनी गाउँपालिकाभित्र विद्यार्थी भर्ना शुल्क नलिन निर्देशन

images

 

आँबुखैरेनी
आँबुखैरेनी गाउँपालिकले बिहीबार एक सूचना जारी गर्दै संस्थागत विद्यालयहरूलाई कुनै एक कक्षामा भर्ना भइसकेको विद्यार्थी सोही विद्यालयको अर्को कक्षामा भर्ना गर्दा शुल्क नलिन पनि निर्देशन दिएको हो ।

पालिकाले विहीबार एक विज्ञप्ती जारी गरी संस्थागत विद्यालय शुल्क निर्धारण तथा मापदण्ड निर्देशिका, २०७२ को दफा १४।१ ९२० मा विद्यार्थी भर्ना हुँदा एक पटक मात्र जुन कक्षामा भर्ना हुने हो सोही कक्षाको स्वीकृत मासिक शुल्कको १ महिनाको शुल्क लिन पाउने मापदण्ड रहेतापनि आँबुखैरेनी गाउँपालिका अन्तर्गत सञ्चालित केही संस्थागत विद्यालयहरूले विद्यार्थी भर्नाको नाममा प्रचलित कानुनले तोकेभन्दा बढी शुल्क लिएको जनगुनासो प्राप्त भएकाले प्रचलित ऐन नियम, मापदण्ड र निर्देशिका बमोजिमबाहेक विद्यार्थी भर्नालगायतका शुल्क नलिनुहुन तथा यसअघि प्रचलित ऐन, नियम, मापदण्ड र निर्देशिका विपरीत विद्यार्थी भर्ना शुल्क लगायतका अन्य शुल्क लिइएको भएमा सम्बन्धित अभिभावकलाई फिर्ता गर्नुहुन समेत अनुरोध छ ।’ भनेको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माद्वारा जरी विज्ञप्तीमा भनिएको छ ‘ आँबुखैरेनी गाउँपालिका शिक्षा ऐन, २०७१ आँबुखैरनी गाउँपालिका शिक्षा नियमावली, २०७९ संस्थागत विद्यालय शुल्क निर्धारण तथा माग निर्देशिका, २०७२ तथा प्रचलित ऐन, नियम बमोजिम कारबाही गरिने समेत सुचनामा उल्लेख गरेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS