
आँबुखैरेनी
आँबुखेरेनी क्याम्पसमा क्रान्तिकारीको प्यानल नै विजयी
आँबुखैरेनी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा अखिल ९क्रान्तिकारी० को प्यानल विजयी भएको छ । मङ्गलबार भएको मतदानबाट स्ववियु अध्यक्षमा अखिल ९क्रान्तिकारी० का निशान मगरको प्यानल नै विजयी भएको हो । मगरले ९७ मत प्राप्त गरेको निर्वाचन अधिकृत दुर्गाबहादुर थापाले जानकारी दिए। प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका बोनिस अधिकारीले ६४ मत प्राप्त गरेका छन् । अनेरास्ववियुका रक्षा पोखेलको ७ मत आएको छ ।
यस्तै सचिवमा अखिल ९क्रान्तिकारी० का गङ्गप्रसाद लामिछाने ९२ मत प्राप्त गरी विजयी भएका छन । प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका किस्ता श्रेष्ठले ६२ र अनेरास्ववियुका मोनिका खत्रीले १२ मत प्राप्त गरे ।
कोराध्यक्षमा अखिल ९क्रान्तिकारी० का करुणा गुरुङ ९० मत प्राप्त गरी विजयी भएकी छिन्। प्रतिस्पर्धी नेपाल विद्यार्थी सङ्घका अविनास चाषाले ५६ र अनेरास्ववियुका आशिश अधिकारीले १८ मत प्राप्त गरेका छन् । सदस्यहरूमा मेनुका खत्रीले १२, सुरे नेपालीले ९२ र विज्ञा राना मगरले ८५ मत प्राप्त गरी विजयी भएका छन् । निर्वाचनमा दुई सय पाँच मतदाता रहेकामा एक सय ७५ मत खसेको थियो ।