
तनहुँ २७ फागुन ।
आँबुखैरेनी गाउँपालिकाले आफ्नो स्थापना दिवस भब्य रुपमा मनाएको छ ।
गाउँपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाले स्थापना दिवस भब्य रुपमा मनाएको हो । कार्यक्रममा बोल्दै राष्ट्रिय सभाकी मानीय सदस्य भगवति न्यौपानेले आँबुखैरेनी गाउँपालिकाले राम्रो कामको सुरुवात गरेको बताउँदै थप प्रगतीको शुभकामना ब्यक्त गरीन् । सांसद न्यौपानेले सबै मिलेर मुलकको विकास गर्नु नै अहिलेको साझा दायित्व भएको बताइन् ।
कार्यक्रममा बोल्दै आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान्ले स्थानीय सरकारको रुपमा गाउँपालिकाले केही परीर्वतनको कामहरुको सुरुवात गरेको बताए । गाउँपालिकाको विकासका लागि कामहरु निरन्तर भइरहेको बताउँदै पर्यटन क्षेत्रमा,स्वास्थ्य क्षेत्रमा, कृषि क्षेत्र र शिक्षा क्षेत्रमा गरिएका लगानी प्रयासले सुःखद् सन्देश दिएको बताए ।
कार्यक्रममा बोल्दै आँबुखैरेनी गाउँपालिकाका प्रवक्ता एंवम् वडा नं. १ का अध्यक्ष प्रेम बहादुर गुरुङ्गले आँबुखैरेनी गाउँपालिकाले शिक्षा स्वास्थ्य,कृषि र पर्यटनका क्षेत्रहरुमा सुधारका प्रयास गरेको बताउँदै त्यो जनप्रतिनिधिले भन्दा गाउँ पालिकावासीले अनुभव गरेको बताए । कार्यक्रममा बोल्दै अस्पताल ब्यवस्थापन समितिकी सदस्य मिना अधिकारीले स्थानीय सरकार आएपछि परिर्वतनका कामहरु भएको बताइन् ।
कार्यक्रममा सहभागिहरुलाई स्वागत गर्दै उपाध्यक्ष दुर्गा अर्यालले गाउँपालिकाले गरेका कामहरुको चर्चा गरीन् ।
गाउँपालिकाको विभिन्न क्षेत्रमा योगदान पु¥याउने ३१ जना भन्दा बढीलाई सम्मान गरेको छ ।
सम्मानीत हुनेहरुमा आँबुखैरेनी गाउँपालिका वडा नं. १ का कृषक इश्वर बावु गौली,कृषक तारा अधिकारी,शिक्षा क्षेत्रमा काम ३५ बर्षदेखि काम गरेका आँबुखैरेनी –४का भम बहादुर गुरुङ्ग, आँबुखैरेनीमा विगत ४५ बर्ष देखि स्वास्थ्य सेवा दिने लक्ष्मि प्रसाद कोइराला,धार्मिक तथा साँस्कृतिक क्षेत्रमा योगदान पु¥याउने रत्न बहादुर कुंवर रहेका छन् ।
पालिकाबाट विभिन्न क्षेत्रबाट योगदान पु¥याएर सम्मानीत हुनेमा सुकुमाया चेपाङ,,संगती गुरुङ,सरला थापा,श्रीराम भट्टराई शिवजी के.सी,लक्ष्मण थापा, केशर बहादुर के.सी.डा., शौरभ श्रेष्ठ,अनिल श्रेष्ठ,पृथ्वीमान् थापा, तुल बहादुर गुरुङ्ग,स्व. प्याकुली परियार, बाटुली गुरुङ्ग,माई छिम्केश्वरी आमा समुह,यान्चोकटार लघुउद्यम महिला समुह,इदिरा पौडेल सरिस्मा गुरुङ्ग रहेका छन् । गाउँपालिकाले स्थापना दिवसमा कर्मचारीहरुलाई समेत सम्मान गरको छ । आँबुखैरेनी अस्पतालका डा. डिवि क्षेत्री, लेखा शाखा प्रमुख बिमल प्रसाद पौडेल, वडा नं. १ सचिव मिना रेग्मी,कृषि शाखा प्रमुख सन्तोष के.सी., कार्यालय सहयोगी श्रीमाया खनाल र नर बहादुर मगर सम्मानीत भएका छन् ।
स्थापना दिवसका अवसरमा विभिन्न सँस्कृतिक झाँकीहरु समेत प्रदशन गरिएको थियो ।