तनहुँ
आँबुखैरेनी गाउँपालिका अन्तर्गत संचालित आँबुखैरेनी अस्पतालले ६ महिनाको अवधिमा १४ हजार ५ सय ८३ जना बिरामीलाई उच्चस्तरीय स्वास्थ्य सेवा प्रदान गरेको छ ।
चालु आर्थिक बर्षको साउन १ गतेबाट पौष मसान्त सम्म अस्पतालले सो ंसंख्याका बिरामीहरुलाई सेवा प्रदान गरेको हो । अस्पतालले आपतकालीन (इमर्जेन्सी) सेवा ४ हजार ३सय ७३ बिरामीलाई दिएको र ६ सय ५२ जना बिरामीलाई भर्ना गरेर उपचार गरेको अस्पतालले जनाएको छ ।
अस्पतालले बिरामी दर्ताबाट ६ लाख ६० हजार ५ सय १० रुपयाँ आम्दानी गरेको छ भने सेवा तर्फको आम्दानी ७७ लाख ९९ हजार २ सय ६४ रुपयाँ पुगेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकारी, विष्णुप्रसाद शर्माले बताए । अस्पतालले संचालन गरेको फार्मेसी सेवाबाट मात्र २४ लाख ४२ हजार १ सय ५६ रुपयाँ आम्दानी भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए ।
६ महिनाको अवधिमा विपन्न बिरामीहरुलाई निःशुल्क उपचार सेवामा ९ लाख ११ हजार १ सय ११ रुपयाँ खर्च गरिएको जानकारी गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । अस्पतालमा अझै नवीनतम सेवा पनि सुरु गरिएको छ पनि अध्यक्ष चुमानले बताए । अस्पतालले आकस्मिक सेवा, आधारभूत प्रयोगशाला, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, र फार्मेसी सेवासँगै प्रसुती सेवा, आखा उपचार, र मुख तथा दन्त रोग सेवा सञ्चालनमा ल्याएको चुमानले बताए ।
आँबुखैरेनी अस्पतालको २०८० साल मंसिर १ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डद्वारा उद्घाटन गरिएको थियो । यस अस्पतालको सञ्चालनले गाउँपालिकाका नागरिकहरूको स्वास्थ्य सेवा पहुँचलाई सहज र सस्तो बनाएको छ । अस्पतालमा आँुबखैरेनी गाउँपालिकाको अलवा भानु नगरपालिका, गोरखाको गोरखा नगरपालिका,पालुङटार नगरपालिका, बन्दिपुर गाउँपालिका,चितवनको इच्छकामना गाउँपालिका लगायतका क्षेत्रका नागरिकहरुले सहज रुपमा स्वास्थ्य सेवा पाएका छन् ।
















