
तनहुँ ।
नेपाल नेत्रज्योति संघ भरतपुर आँखा अस्पताल चितवन , भानु नगरपालिका तनहुँ , नारायणगढ लायन्स क्लब र आँखा उपचार केन्द्र भानु तनहुँको संयुक्त आयोजनामा ५ दिने नि:शुल्क मोतियाविन्दुको अप्रेशन सहितको आँखा शिविर सञ्चालन हुने भएकाे छ ।
कार्यक्रम अनुसार आँखा शिविर यहि माघ २० गते आइतबार कालिमाटी नगरस्तरीय अस्पताल भानु नगरपालिका -१०, कालिमाटीमा, माघ २१ गते सोमबार भानु नगरपालिका -१३, चन्द्रावती बजारमा, माघ २२,२३ र २४ गते आधारभूत स्वास्थ्य सेवा केन्द्र एवं आँखा उपचार केन्द्र भानु नगरपालिका -२, नारेश्वरटारमा हुने भानु नगरपालिकाका स्वस्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए ।
आँखाका बिरामीहरुले समयमै स्वास्थ लाभ लिन भानु नगरपालिका प्रमुख आनन्दराज त्रिपाठीले अनुराेध गरे ।