images
images
images

व्यास नगरपालिकामा फोहोरबाट आम्दानी गर्न सुरु

images

व्यास

व्यास नगरपालिकाले खेर गइरहेको फोहोर व्यवस्थापनबाट आम्दानी गर्न सुरु भएको छ ।
व्यास नगरपालिकाले पहिलो चरणमा नकुहिने फोहोरबाट आम्दानी सुर गरेको हो । फोहोरलाई मोहरमा बदल्ने सोचसहित गएको भदौ ८ गतेबाट सूक्ष्म रूपमा वर्गीकरण गरेर बिक्री वितरण गर्ने प्रक्रिया अघि बढाइएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैह्रले बताए । व्यास नगरपालिकाले पहिलो चरणमा फोहोर विक्रीबाट पानीको वोतल,तथा अन्य पेट वोतल ,आल्मुनियम,टीन,फलाम,कपि ,किताब ,गत्ता ,टुक्रा कागज र सिसा लगायतबाट २ लाख १७ हजार ४ सय ३९ रुपयाँ आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत गैह्रले बताए ।
विगत लामो समयदेखि नकुहिने फोहोरलाई खाडल खनेर पुर्दै आएकामा हाल कार्यालय परिसरमै व्यवस्थापन गरी बिक्री वितरणको गरिएको जानकारी हो ।

यसअघि वडा नं ३ मादीनदी किनारस्थित भतेरीमा नकुहिने फोहर व्यवस्थापन गर्दै आएका थियो । त्यहाँको सम्झौता अवधि सकिएकाले अर्को व्यवस्था नहुँदासम्म कार्यालय परिसरबाटै फोहोर व्यवस्थापन गरिएको हो । यसरी सङ्कलित फोहरको वर्गीकरण गरी बिक्री वितरण गरिएको हो ।

नगरपालिका क्षेत्रमा हाल दैनिक १५ टन नकुहिने र सात टन कुहिने फोहोर सङ्कलन हुने गरेको छ । यसको दिगो व्यवस्थापनका लागि वडा नं १३ मा जग्गा खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।
गत साउन १ गतेदेखि दमौली बजारलगायत आसपासका क्षेत्रबाट नकुहिने फोहोर सङ्कलनमा समस्या भइरहेको छ । कुहिने फोहोर वडा नं १० दुम्सीस्थित गौ संरक्षण केन्द्रमा व्यवस्थापन हुँदै आएको छ ।

प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले प्लाष्टिक, सिसा, कपडा र फलामलगायत नकुहिने वस्तुलाई छ किसिमले सूक्ष्म वर्गीकरण गरी बिक्री गरिएको बताए ।यसअघि खाडल खनेर पुरिँदै आएको नकुहिने फोहोर सरसफाइ शाखाका कर्मचारी परिचालन गरी वर्गीकरण गरेर आम्दानी सुरु गरिएको हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS