तनहुँ
तनहुँको भानु नगरपालिकाले १० औं स्थापना दिवश मनाएको छ । राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण गरिएको भानु नगरपालिकाको ऐतिहासिक दिनको सम्झनामा स्थापना दिवश मनाएको हो । भानु नगरपालिकाको कार्यालय फुस्रेटारमा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले देशमा संघीय संरचना र गणतन्त्रको प्राप्ती भएता पनि संघीय सरकारले स्थानीय सरकारलाई अधिकार दिन कञ्जुस्यार्ङ गरेको उल्लेख गर्दै बजेटको ठूलो हिस्सा संघ सरकारमै निहित राखी स्थानीय सरकारको मर्म बुझ्न नसकेको गुनासो गर्नु भएको छ । प्रमुख अतिथि वाग्लेले जिल्ला समन्वय समितिको भूमिका महत्वपूर्ण रहँदै आएको पनि स्मरण गराए ।
भानु नगर पालिकाका प्रमुख आनन्दराज त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने, सुन्दरबजार नगरपालिकाका प्रमुख कृष्णप्रसाद कोईराला, राईनास नगरपालिकाका प्रमुख खड्गबहादुर गुरुङ, घिरिङ गाउँपालिकाकी उपाध्यक्ष गिनुमाया थापा, भानु नगरपालिकाका निवर्तमान प्रमुख उदयराज गौली, निवर्तमान उप प्रमुख आशा थापा, भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, नेपाली काँग्रेस भानुका नगर सभापति रामकुमार श्रेष्ठ, एमाले नगर अध्यक्ष शंकर रानाभाट, राष्ट्रिय स्वतन्त्र पार्टीका नगर सभापति विष्णु पोख्रेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका विवेक न्यौपाने, वडा नंं ४ का वडा अध्यक्ष अर्जुन बहादुर बोहरा लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको मेयरका स्वकीय सचिव अमित लामाले जानकारी दिए । भानु नगरपालिकाकी उप प्रमुख उमा गोतामेले स्वागत गरेका थिए । कार्यक्रममा भानु नगरपालिका निवासी ख्याती प्राप्त २ जना खेलाडीलाई सम्मान गरिएको थियो । सम्मानित हुनेहरुमा १९ औं यशियाली कबड्डी खेलकूद प्रतियोगितामा कास्य पदक विजेता मानमती बिस्ट र ७ औं यशिया कप खुल्ला अन्तरराष्ट्रिय तक्वान्दो प्रतियोगिताको ४१ केजी तौल समूहमा उत्कृष्ट फाईटर बन्न सफल रितिका दर्नाल रहेका नगरपालिकाका बरिष्ठ अधिकृत सुनिल पाण्डेले बताए ।
यसैबीच तनहुँको भानु नगरपालिकाको स्थापना दिवशको पूर्व सन्ध्यामा विविध कार्यक्रम संचालन गरिएको थियो । आईतबार भानु नगरपालिकाको सेवा केन्द्र भानु १ भन्सारमा वृक्षा रोपण गरिएको छ । सो अवशरमा रुद्राक्षका करिब २ सय विरुवा रोपिएको छ भने सरसफाई कार्यक्रम, सडक सौन्दर्य कार्यक्रम अन्तरगत सडक छेउमा गमला राख्ने कार्य गरिएको उप प्रमुख उमा गोतामेले जानकारी दिइन् । त्यसैगरी सोमबार रक्तदान कार्यक्रम गरिएको छ । भानु नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी भानुभक्त उप शाखा भानुको संयोजनका रक्तदान कार्यक्रम गरिएको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिइन् ।