दमौली
व्यास नगरपालिकाका नगरप्रमुख बैकुण्ठ न्यौपानेले लोकतन्त्रमा समावेशी र सामाजिक न्यालाई संवेदनशीलका रुपमा लिइनुपर्ने बताएका छन् ।
राष्ट्रिय दलित पत्रकार संघ तनहुँ शाखाको आइतबार दमौलीमा आयोजित दोस्रो जिल्ला अधिवेशनको उदघाटन गर्दै न्यौपानेले सो कुरा बताएका हुन् । जुन बर्ग सामाजिक,राजनीतिक,आर्थिक र जातिय आधारमा पछि परेका वर्गलाई अघि बढाउन स्थानीय पालिकाले सकारात्मक लिएर अघि बढ्नुपर्नेमा उनले जोड दिए। ‘सबै धर्म,सम्प्रादय,जातिय आधारमा समावेशिता गराउनु लोकतन्त्रको मूख्य आधार हो,न्यौपानले भने,‘ सामाजिक गतिविधीमा पछि परेका समुदायलाई राज्यको मूलधारमा ल्याउनुपर्छ लाग्नुपर्छ ।’ भानु नगरपालिकाकी कार्यवाहक नगरप्रमुख उमा गोतामेले संघले जातिय विभेदका घट्नालाई उजागर गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकाले आउँदा दिनमा पनि यसलाई निरन्तरता दिइनुपर्नेमा जोड दिइन् । समाजमा हुने जातिय बिभेदका घट्नालाई न्यूनिकतरण गर्नका लागि जातिय सचेतनामूलक कार्यमा जोड दिदै अघि बढ्नुपर्ने उनले बताइन । व्यासका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेले लोकतन्त्रमा संगठन र नेटवर्कको आवश्यक हुने बताए। दलित समुदायको आवाज बुलन्द पार्न राष्ट्रिय दलित पत्रकार संघको भूमिका महत्वपूर्ण हुन्छ,उनले भने व्यक्तिगत आवाज कम सुनिने संगठित भएर अघि बढ्न आवश्य रहेको छ ।
तनहुँका पालिकाको बजेटमा कति दलितमैत्री छन लगायतका बिषयमा दलित पत्रकारले चासो दिएर उजागर गर्नुपर्नेमा उनले जोड दिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँ शाखा अध्यक्ष उज्वल पौडेल,व्यास नगर कार्यपालिका सदस्य रनसिं नेपाली,चन्द्रमाया परियार,तनहुँ सुनचादी व्यवसायी संघका अध्यक्ष हरि गहतराज,राष्ट्रिय दलित पत्रकार संघ चितवन शाखा अध्यक्ष श्याम बिक,दलित नेता कृष्ण रुचाल लगायतका वक्ताहरुले जातिय विभेदका घट्नालाई उजागर गरिनुपर्नेमा जोड दिएका थिए ।
अध्यक्षमा बिके
त्यसैगरी राष्ट्रिय दलित पत्रकार संघ तनहुँको आइतबार दमौलीमा सम्पन्न दोस्रो अधिबेशनले अध्यक्षमा पुर्ण बि केलाई सर्वसम्वत चयन गरेको छ । संघको उपाध्यक्षमा अशोक बिश्वकर्मा,सचिवमा शर्मिला बिक, सहसचिव सुरेश सेन्चुरि,कोषाध्यक्ष अन्जान परियार चयन भएका छन् । त्यसैगरी,सदस्यहरु देव गजमेर,अम्रित परियार,रितिका सुनार र सपना सेन्चुरि चयन भएका छन् । त्यसैगरि अधिवेशनले केन्द्रिय प्रतिनिधिमा एस.बि नेपाली र गण्डकी प्रदेशमा शालिकराम सुनार चयन भएका छन् ।
















