images
images
images

आँबुखैरेनीमा ४० हजार सयपत्री विरुवा रोपियो

images

दमौली , 
आँबुखैरेनी गाउँपालिकामा अघिल्लो बर्षबाट सुरु भएको व्यावसायिक फूलखेती यस बर्ष पनि थालिएको छ । आँबुखैरेनी–१ स्थित याञ्चोकमा करिब ३५ रोपनी जग्गामा ४० हजार सयपत्री फूलका विरुवा रोपिएको हो ।
महिलालाई फूलखेतीमा आकर्षित गराउँदै आयआर्जनसँग जोड्न आँबुखैरेनी गाउँपालिका वडा नं. १ सयपत्री यान्चोक लघुउद्यम महिला संघले पालिकाको ८५ प्रतिशत अनुदानमा बिरुवा वितरणदेखि प्राविधिक सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।
समुहमा रहेका ७० जनाहरुको सहभागितामा विरुवा रोप्ने काम सकिएको गाउँपालिका उपाध्यक्ष दुर्गा आर्यालले बताइन् । गत साउन २५ गते रोप्न सुरु भएको ४ भदौ सम्म बिरुवा रोप्ने काम सकिएको गाउँपालिकाका कृषि शाखाप्रमुख सन्तोष केसीले जानकारी दिए ।
गाउँपालिका मातहत र सङ्घसंस्थाले आयोजना गर्ने कार्यक्रममा खादाको सट्टा फूलको माला प्रयोग गर्र्नेक काम गर्दै आएको छ ।
आमा समूहले पहिलो वर्षमा फूलखेतीबाट गरेको आम्दानीलाई बर्सेनि सयपत्री फूल व्यवसायलाई निरन्तरता दिनुपर्ने प्रावधान रहेको छ । सोही वडास्थित धार्मिक पर्यटकीय स्थल आँधीमूलमा लाग्ने मेलामा पनि सयपत्री फूलखेतीले सहयोग पु¥याउने अपेक्षा गरिएको छ । यस स्थानमा फूलखेतीले प्रत्येक वर्ष बाहिरबाट फूल खरिद गरेर ल्याउनुपर्ने अवस्थाको अन्त्य हुने आँबुखैरेनी गाउँपालिका वडा नं. १ का अध्यक्ष प्रेम बहादुर गरुङ्गले जानकारी दिए । गत बर्ष आँबुखैरेनी गाउँपालिकामा उत्पादित सयपत्री फूल कतार निर्यात भएको थियो । । आँबुखैरेनी–१ स्थित आँधीमूल आमा समूह, यानचोकटार आमा समूह र मित्रता माध्यमिक विद्यालयका विद्यार्थीले उत्पादन गरेको सयपत्री कतार निर्यात गरिएको थियो । सो बेला तीन सय सयपत्रीको माला कतार पु¥याइएको थियो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS