तनहुँ ।
राष्ट्रिय परीक्षा वोर्डले लिएको कक्षा १२ को परीक्षामा तनहुँ जिल्ला स्थित मित्रता मावि तनहुँमा प्रथम भएको छ । परीक्षामा सहभागि भएका ४५ जना विद्यार्थी मध्ये ३७ जना उतीर्ण भएका हुन् । कुल प्रतिशत ८२.२२ रहेको छ । कक्षा १२ नतिजाले आँबुखैरेनी गाउँपालिकामा अघिल्लो शैक्षिक सत्र भन्दा यसपटक राम्रो नतिजा आएको आँबुखैरेनी गाउँ पालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।
२०६५ सालदेखि नै विद्यालयको कक्षा ११ र १२ को नतिजा राष्ट्रिय नतिजा भन्दा माथि रहेको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र वोगटीले बताए ।
हाम्रो लक्ष्य शतप्रतिशत विद्यार्थी उतीर्ण गराउने हो तर पनि सकिएको छैन । आगामी वर्ष अझै राम्रो गर्न कोशिस बोगटीले बताए । विषय शिक्षकहरुको मेहनतबाट नै ८२ प्रतिशत नतिजा आएको र अनुतीर्ण अधिकाँश विद्यार्थीहरुलाई एक विषय लागेको प्रधानाध्यापक वोगटीले जानकारी दिए ।
कक्षा ११ मा व्यवस्थापन र शिक्षाशास्त्र सँकाय तर्फको पढाइहुँदै आइरहेको विद्यालयले जनाएको छ । कक्षा ११ मा विद्यार्थीहरुलाई सर्वसुलभ शुल्कमा भर्ना लिने गरिएको छ । जेहेन्दार र कमजोर आर्थिक अवस्था भएका विद्यार्थीहरुका लागि विशेष व्यवस्था गरेका छौँ । हाम्रो विद्यालयमा विद्यार्थी आएपछि पढाएर पास गराउने प्रतिवद्धता व्यक्त गर्दछौँ प्रधानाध्यापक वोगटीले भने ।
तनहुँ जिल्लामा रहेका सामुदायिक विद्यालय तर्फ हालसम्म प्राप्त तथ्याङ्कका आधारमा मित्रता मावि प्रथम भएको शिक्षा विकास तथा समन्वय इकाइ दमौलीका अधिकृत विश्वनाथ रेग्मीले जानकारी दिए ।
















