images
images

आँबुखैरेनी र छिम्केश्वरी अस्पताल एकिकृत हुने

images

दमौली, ०३ साउन ।
आँबुखैरेनी गाउँपालिकाद्वारा संचालित आँबुखैेनी अस्पताल र आँबुखैरेनी बजारमामा निजी क्षेत्रबाट सञ्चालित छिम्केश्वरी अस्पताल एकिकृत हुने भएका छन्।
आइतबार गाउँपालिका आयोजित कार्यक्रममा आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष शुक्र चुमान र छिम्केश्वरी अस्पतालका अध्यक्ष कृष्णमान तामाङबीच अस्पताल एकिकृत गर्ने सम्झौता भएको हो ।

आँबुखैरेनी गाउँपालिका वासीलाई उत्कृष्ट सेवा उपलब्ध गराउने उद्देश्यसहित दुई अस्पताल समायोजन हुने सहमति भएको हो । आँबुखैरेनी अस्पताललाई गण्डकीको पूर्वी क्षेत्रको उपक्षेत्रीय स्वास्थ्य हब बनाउने उद्देश्यले अस्पताललाई निकट भविष्यमा नै ५० शैष्याको अस्पताल बनाउने लक्ष्य राखिएको आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानले बताए । चुमानले भने, ‘आँबुखैरेनी अस्पताललाई विशेषज्ञ सुविधासहितको अस्पताल बनाउने लक्ष्य राखिएको छ ।’ छिम्केश्वरी अस्पतालको स्वामित्वमा रहेका सम्पूर्ण स्वास्थ्य उपकरण सामग्री तथा अस्पताल सञ्चालनसँग सम्बन्धित औषधि एवं औषधजिन्य वस्तुहरु आँबुखैरेनी अस्पतालमा हस्तान्तरण गरिने सम्झौतामा उल्लेख भएको छ ।

छिम्केश्वरी अस्पताल प्रालि रहेको पूर्वाधारमा गाउँपालिका र निजी क्षेत्रको संयुक्त लगानीमा स्वास्थ्य ऐकेडमी सञ्चालन गरी आँबुखैरेनीलाई स्वास्थ्यको हब क्षेत्र निर्माण गर्ने र छिम्केश्वरी अस्पतालका शेयर सदस्यहरुलाई एकेडेमीको शेयर सदस्य बनाउने सहमति भएको छ ।
सहमतिमा हस्तान्तरण वस्तुहरुको मूल्याङ्कन गरी आँबुखैरेनी अस्पताल तथा गाउँपालिका परिसरमा शिलालेख स्थापना गर्ने सहमति भएको अध्यक्ष चुमानले बताए । सहमतिमा छिम्केश्वरी अस्पताल प्रालिका हाल रहेका शेयर सदस्यहरुको एकाघरका परिवारलाई आँबुखैरेनी अस्पतालमा उपलब्ध हुने सेवा आजीवन निःशुल्क उपलब्ध गराउने उल्लेख छ । छिम्केश्वरी अस्पतालका शेयर सदस्यहरुलाई सम्मान सहित अस्पताल समायोजन कार्यक्रम गर्ने र आँबुखैरेनी अस्पताल सञ्चालक समितिमा छिम्केश्वरी अस्पताल प्रालिमा हाल रहेका शेयर सदस्यहरुमध्येबाट प्रतिनिधित्व गराउने सहमति भएको चुमानले उल्लेख गरे

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS