
तनहुँ
तिनखोलेदेवी मोटर मार्गका लागि संघीय सरकारले १ करोड बजेट विनियोजन गरेको छ । प्रसिद्व धार्मिकस्थल तिनखोले दवी मन्दिर सम्म पुग्ने सो बाटो तिन दशक अघि देखि ट्याक खुलेपनि स्तरीकरण हुन सकेको थिएन । सडक स्तरीकरणका लागि संघीय सरकारबाट सो बजेट विनियोजन भएको हो ।
सो सडकका केही स्थनामा संघ, प्रदेश स्थानीय सररकारको पहलमा गएका बर्षहरुमा स्तरीकरण भएपनि पुरा रुपमा सडक स्तरीकरण हुन सकेको थिएन । तनहुँको खैरेनीटार बजार देखी तिनखोले देवी मन्दिर सम्म जाने ७.५ किमि लामो रहेको सो सडकमा यो बजेटबाट खैरेनीटार बजारबाट नै बाटो स्तरीकरणको काम हुने शुक्लागण्डकी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बुद्वी बहादुर थापाले बताए ।
सो राजमार्ग स्तरीकरण हुदाँ शुक्ला गण्डकी नगरपालिकाका २,३ र ६ वडा म्याग्दे गाउँपालिकाको वडा नंं ६का बासिन्दालाई प्रत्यक्ष फाइदा पुग्ने अध्यक्ष थापाले बताए । सो मार्गबाट तनहुँको पर्यटकीय स्थल तिनखोले देवी मन्दिर र झाँगाझोली जान सकिन्छ । सडक स्तरीकरणसँगै सो क्षेत्रको पर्यटन प्रर्वद्वनमा समेत टेवा पुग्ने वडा अध्यक्ष थापाले बताए ।
सो सडक स्तरीकरणका लागि सरकारले प्राथामिकता राखेर बजेट विनियोजन गर्नु सकरात्मक कुरा भएको शूक्लागण्डकी ६ मा रहेको पर्यटकीय स्थल झागाझोलीका प्रर्वदक शंकर प्रसाद अधिकारीले बताए ।