images
images
images

तनहुँ जिल्ला अदालतबाट २ हजार बढी मुद्दा फछ्र्यौट सबैभन्दा बढी सम्बन्ध विच्छेदका मुद्दा

images

दमौली, ०३ साउन ।
तनहुँ जिल्ला अदालत दमौलेले एक बर्षको अवधिमा २ हजार २८ मुद्दा फछ्र्यौट गरेको छ । जिल्ला अदालतमा दर्ता भएका र जिम्मेवारी सरेर आएका २७ सय ६६ मुद्दा मा सो मुद्दा फछ्र्यौट गरिएको जिल्ला अदालत तनहुँका श्रेस्तेदार केशवराज पौडेलले बताए ।
आर्थिक वर्ष २०८०÷८१ मा ११ सय १ मुद्दा जिम्मेवारी सरी आएका र तथा सोही अवधिमा नयाँ दर्ता १६ सय ६५ मुद्दा लगत रहेकोमा २हजार २८ मुद्दा फछ्र्यौट भएको हो ।
यो आर्थिक बर्षको अविधमा दर्ता भएको ७ सय मुद्दा बाँकी रहेका छन् । मुद्दाको चापका कारण न्याय सम्पादनका लागि न्यायाधीशहरू अतिरिक्त समय खटिने गरेका न्यायाधीश कमलराज विष्टले बताए ।
न्याय सुशासनलाई प्रमुख प्राथमिकतामा राखेको विष्टको भनाइ छ । समयसँगै परम्परागत मुद्दा भन्दा फरक खालका मुद्दाका प्रकृतिहरु न्यायलयमा आएको बताए ।


तनहुँ जिल्ला आदतलमा सबै भन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका मुद्दा दर्ता भएका छ् । तनहुमा आर्थिक बर्ष २०८९÷८१ मा ६ सय १३ मुद्दा दर्ता भएका छन् सो मध्ये ६ सय ७२ मुद्दा फछ्र्यौट भएका छन् ।
१ सय १२ मुद्दा फछ्र्यौट हुन बाकी रहेको छ ।अघिल्लो बर्ष ९२७ मुद्दा दर्ता भएका थिए । सो मध्ये ७ सय ५६ मुद्दा फछ्र्यौट भएको थियो गएको आर्थिक बर्षमा १ सय ७१ मुद्दा जिम्मेवारी सरेर आएका थिए ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS