images
images

व्यास–४ मा तास खेल्ने १० जना पक्राउ

images

तनहुँ
तनहुँ व्यास नगरपालिका वडा नं. ४ जलदेवी टोलबाट तास खेलेका १० जनालाई जिल्ला प्रहरी कार्यालय तनहुँले पक्राउ गरेको छ । कालु गुरुङको घरमा अबैध रुपमा जितहारको बाजी राखी जुवा तास खेलिरहेको भन्ने गोप्य सुचनाको आधारमा उक्त घरकोठा खानतलासी गर्दा १० जना तास खेलने पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीले तास खेलेको अवस्थामा घरधनी कालु गुरुङ सहित सुरेश कुमार मजाकोटी, प्रेम बहादुर थापा, उत्तम गुरुङ, अर्जुन श्रेष्ठ, मंगल बहादुर गुरुङ, मिन बहादुर गुरुङ, इन्द्र बहादुर दरै, तिर्थ बहादुर गुरुङ र सुर्यभक्त वाग्लेलाई तास खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।उनीहरुको साथबाट २ सय ८ पत्ती तास २३ हजार ३ सय ७५ रुपैया बरामद गरेको जनाएको छ ।

पक्राउ परेकालाई नियन्त्रणमा लिई जिल्ला प्रशासन कार्यालय तनहुँबाट म्याद थप अनुमती लिई थप अनुसन्धान कार्य भई भइरहेको प्रहरीले जनाएका छन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS