तनहुँ
जिल्ला प्रहरी कार्यालय तनहुँले शुक्लागण्डकी नगरपालिका वडा नं. ५ बाट ५ जना जुवाडे पक्राउ गरेको छ । शुक्लागण्डकी नगरपालिका वडा नं. ५ भिमसेनटोल ईन्द्र बहादुर पौडेलको घरमा अबैध रुपमा जुवा तास खेलिरहेको अवस्था नियन्त्रणमा लिएको जिल्ला प्रहरी कर्यालय तनहुँले जनाएको छ ।
पक्राउ पर्नेमा शुक्लागण्डकी गरपालिका –५भिमसेनटोल बस्ने ३३ बर्षिय सुजन कुमार राना , सोही स्थानका ४२ बर्षिय दिपक कुमार श्रेष्ठ, ४० बर्षिय बिकाश बिक्रम पालिखे , ३० बर्षिय गणेश गुरुङ र ५२ बर्षिय सरिफ कुमार चन्द रहेका छन् ।
जुवा सहित उनीहरुको साथबाट प्रहरीले ४ बुक तास, ७३ हजार ४ सय २५नगद सहित बरामद गरेको जनाएको छ । पक्राउ परेकाहरुलाई र जुवा सम्बन्धी कसुरमा जिल्ला प्रशासन कार्यालय तनहुँबाट दिन ५ दिनको म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
















