images
images

मातातीर्थ औँसीको अवसरमा ‘आमा’ लघुकथा संग्रह विमोचन

images

तनहुँ
भानु नगरपालिका निवासी विद्या ढकाल द्वारा लिखित आमा लघुकथा संग्रहको विमोचन गरिएको छ । पुस्तकका लेखक ढकाल कै जन्मस्थान भानु न.पा. –४ ठाँटीको चौर– बाल उद्यानमा राष्ट्रिय भाषा आयोगका माननीय सदस्य डा. पुष्करराज भट्ट तथा स्थानीय ८६ वर्षीय आमा लक्ष्मी कुमारी मल्लले संयुक्त रुपमा सो पुस्तकको विमोचन गरेका हुन् ।

६३ लघुकथा समेटिएको सो लघुकथा सङ्ग्रहका कथाहरूको साहित्यकार मेदिनी शर्मा चुँदेलीले विवेचना गरेका थिए । उनले शहरको तडकभडकमा नपरी आफ्नै गाउँमा कृतिको विमोचन गराएकोमा कथाकारलाई धन्यवाद समेत दिए। पदम कार्की, भरत अधिकारी, जयहरि भट्टराई, हर्कबहादुर थापा, पार्वती खनाल, ऋषिराम पन्त लगायतले कृतिको समीक्षाका साथ आफ्नो शुभकामना मन्तव्य राखेका थिए । कृतिकार ढकालले आफ्नो लघुकथा लेखनका अनुभवका साथ अथिति लगायत उपस्थित सम्पूर्णमा धन्यवाद व्यक्त गरेका थिए । ढकालले मातातीर्थ औँसीको दिनमा सम्पूर्ण आमाहरूको सम्मान स्वरूप आफ्नो आमा लघुकथा संग्रह सार्वजनिक गर्न पाएकोमा गौरवको अनुभूति भएको बताए ।

प्रमुख अथिति डा. भट्टले नेपाली लघुकथाका प्रवृत्तिहरूको चर्चा गर्दै ढकालका कथामा अहिलेको युग बोल्नुका साथ समाजमा व्याप्त विकृति बिसङ्गतिहरू माथि कडा प्रहार गरिएको बताए। स्थानीय साहित्यकार तथा जेष्ठ नागरिक वासुदेव शर्मा ढकालको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमको सञ्चालन शिवशङ्कर पौडेल तथा स्वागत प्रकाशक शान्ता ढकालले गरेकी थिइन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS