दमौली ,
स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कनमा तनहुँको आँबुखैरेनी गाउँपालिका प्रथम स्थान भएको छ ।
स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कन कार्यविधि, २०७७ बमोजिम ८६ दशमलव ५ अंक प्राप्त गरी प्रथम स्थान हासिल गरेको हो ।
आँबुखैरेनी गाउँ कार्यपालिकाको आ.व.०७९÷८० को स्थानीय तह वित्तीय सुशासन जोखिम मुल्याङ्कन नतिजा र जिल्ला समन्वय समिति तनहुँको मुल्याङकन प्रणालीमा उक्त नतिजा हासिल गरेको छ । उत्कृष्ट नतिजा प्राप्त गरेर तनहुँका दश वटा स्थानीय तहमा पहिलो र गण्डकी प्रदेशमा तृतीय भएको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले जानकारी दिए।
मूल्याङकन बिषय क्षेत्रमा योजना,बजेट तथा कार्यक्रम व्यवस्थापनमा ९७ दशमलव ६२,कार्यन्वयन क्षमता तथा व्यवस्थापनमा ८४ दशमलव ४८ स्कोर प्रतिशत प्राप्त गरेको छ ।
त्यसैगरी,लेखाङकन तथा प्रतिवेदनमा ९४ दशमलव १२,अनुगमन,मुल्याङकन तथा लेखापरीक्षणमा ७१ दशमलव ८८ र राजश्व व्यवस्थापनमा ८२ दशमलव ३५ स्कोर प्रतिशत प्राप्त गरेको छ । मुल्याङ्कनमा गाउँपालिकाले उत्कृष्ट स्कोर प्राप्त गरेसंगै अझ अघि बढ्न थप हौसला मिलेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए । आँबुखैरेनी गाउँपालिकाले बिशेष गरेर शिक्षा क्षेत्रको सुधार,स्वास्थ्य सेवामा पहुच विस्तार लगायत पर्यटन क्षेत्रको प्रर्वद्वनमा राम्रो काम गर्दै आएको छ ।
सामाुदायिक विद्यालयको सुधार योजना अस्पताल संचालन ऐना पहरा ,छिम्केश्वरी मन्दिर लगायतका स्थानमा पर्यटन पुर्वाधार पालिकाले उल्लेख्य काम गरेको छ ।