images
images
images

६८ औ प्रहरी दिवस मनाइयो

images

तनहुँ ३० असोज ।
६८ औं प्रहरी दिवस तनहुँमा पनि बिभिन्न कार्यक्रम गरेर मनाइएको छ । दिवसकोे अवसरमा जिल्ला प्रहरी कार्यालय तनहुँको आयोजनामा मंगलबार विभिन्न कार्यक्रम गरि मनाएको हो । कार्यक्रमा उत्कृष्ट प्रहरी कर्मचारीलाई सम्मान, खेलकुँद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण, अमर प्रहरीहरुलाई श्रद्धान्जली र शुभकामना मन्तव्यको लगायतको कार्यंक्रम गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरिक्षक अबदेव विष्ट क्षेत्रीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सिमित श्रोत र साधनको बाबजुद नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षा स्थापना गर्न महत्वपुर्ण भुमिका निर्वाह गरेको बताए ।
कार्यक्रममा बोल्दै व्यास नगरपालिका वडा नं. ३ का अध्यक्ष अुरुप रानाले प्रहरी दिवसको शुभकामना ब्यक्त गरे । उनले जनप्रतिनिधि र प्रहरी मिलेर शान्तिपुर्ण समाज निर्माण गर्न भुमिका खेल्ने बताए । कार्यक्रममा बोल्दै पत्रकार महासंघ तनहुँका अध्यक्ष उज्वल पौडेलले नेपाल प्रहरीले शान्तिपुर्ण समाज निर्माणमा महत्वपुर्ण भुमिका रहेको बताए । कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले नेपाल प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा पुर्व प्रहरी सुरज रानाभाटले आफ्नो धारणा राखेका थिए ।

सो अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी नायव उपरिक्षक मोहनबहादुर खाँड, बरिष्ठ प्रहरी नायव निरिक्षक तथा जिल्ला ट्राफिक प्रहरी प्रमुख राजिव विष्ट तथा प्रहरी सहायक निरिक्षक घनश्याम चौधरीलाई पुरस्कृत गरिएको थियो ।साथै प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालयद्वारा आयोजित विभिन्न खेलकुद प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गरिएको थियो । त्यस्तै कार्यक्रममा अमर प्रहरीका परिवारलाई पनि सम्मान गरिएको थियो ।

प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ । प्रहरीले आफ्नो स्थापना दिवस मनाउने प्रचलन धेरैपछि अर्थात् तत्कालीन प्रहरी महानिरीक्षक मोतिलाल बोहराको पालामा २०५२ सालदेखि सुरु गरेको हो । प्रहरी दिवसमा स्थापनाकालदेखि हालसम्म विभिन्न घटनामा अमरत्व प्राप्त गर्ने प्रहरीहरुको सम्मानमा स्थापित प्रहरी स्मारकमा पुष्पहार अर्पण गरेर उनीहरुको वीरताको गाथा सुनाउने गरिन्छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS