images
images
images

परराष्ट्रमन्त्री साउदले गरे इजरायली राजदूतसँग छलफल

images

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले नेपालका लागि इजरायली राजदूत हनान गोडरसँग छलफल गरेका छन् । आइतबार मन्त्रालयमा बोलाएर उनले राजदूत गोडरसँग इजरायलमा हमासले गरेको आक्रमणका बारेमा छलफल गरेका हुन् ।

छलफलका क्रममा उनले इजरायलको हालको अवस्था, इजरायलमा रहेका नेपालीको सुरक्षा, आक्रमणमा परेका नेपालीको उपचार र उद्धारबारे कुराकानी गरे ।

जवाफमा राजदूत गोडरले इजरायली सरकारका तर्फबाट नेपालीको सुरक्षा, घाइतेको उपचार र उद्धारमा पूर्ण प्रयास रहने प्रतिवद्धता जनाएका थिए। उनले इजरायलको कठिन समयमा नेपालले व्यक्त गरेको सहानुभूति प्रति सरकारलाई धन्यवादसमेत दिए ।रातोपाटी

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS