images
images
images

पोखरामा निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन हुने

images

पोखरा । पोखरा महानगरपालिका १३ ले निःशुल्क लोकसेवा आयोगको तयारी कक्षा सञ्चालन गर्ने भएको छ ।

आयोगको शाखा अधिकृत, नायब सुब्बा र शिक्षक सेवा आयोगको निःशुल्क कक्षा तयारी गर्ने भएको हो ।दक्ष, अनुभवी शिक्षक तथा कर्मचारीबाट कक्षाको तयारी गर्न लागेको वडाध्यक्ष किरण बरालले बताए ।उनका अनुसार कक्षामा सहभागी हुन चाहनेले नेपाली नागरिकताको प्रमाणपत्र प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपि बुझाउनुपर्ने छ ।

पासपोर्ट साइजको २ फोटो तथा तालिम लिएको भए प्रमाणपत्रको प्रतिलिपि र हस्तलिखित निवेदन हुनुपर्नेछ ।वडा कार्यालयबाट फारम वितरण भइरहेकाले कात्तिक १ गतेसम्म फारम भर्न पाउने बताए ।शैक्षिक नागरिक विदेश पलायन नहोस् र स्वदेशमा रोजगारीका लागि प्रेरणा मिलोस् भनेर कक्षा तयारी गर्न लागेको बताए ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS