damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

डिजल चोरी गर्ने २ ब्यक्ति पक्राउ

तनहुँ

ईलाका प्रहरी कार्यालय आबुखैरेनी तनहुँबाट गस्तीमा खटिएको प्रहरी टोलिलेडिजल चोरी गर्ने २ ब्यक्ति पक्राउ गरेको छ ।
जिल्ला तनहुँ आँबुखैरेनी गाउँपालिका वडा नं.२ ढापटार स्थित पार्किङ गरी राखेको चाईना कम्युनिकेशन कन्ट्रक्सन कम्पनी लि.को रोलरबाट जिल्ला तनहुँ बन्दिपुर गाँउपालिका वडा नं.५ याम्पा बस्ने २७ बर्षिय को सुलोचन भट्टराई र जिल्ला रुपन्देही तिलोत्तमा नगरपालिका वडा नं.१० बस्ने बर्ष २८ बर्षिय राम बहादुर चमारले पक्राउ परेका हुन् ।

उक्त रोलरबाट ११० लिटर डिजल चोरी गरी बा.२० च.७४९ नंको ईसुजु हाईलक्स गाडीमा लोड गर्दै गरेको अवस्थामा फेला पारी निजहरुलाई पक्राउ गरी सम्मानित तनहुँ जिल्ला अदालतबाट दिन ७ को म्याद थप अनुमती लिई थप अनुसन्धान भईरहेको जिल्ला पह्ररी कार्यालय तनहुँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

sukala