
आबुखैरेनी
आबुखैरेनी गाउँपालिका वडा नं.३ मिलनचोक स्थित पृथ्वी राजमार्ग सडक खण्डमा सडक दुर्घटना हुदाँ दुईजना घाइते भएका छन् ।
आबुखैरेनीबाट डुम्रे तर्फ आउदै गरेको ग १ त ५५२० नं. को ट्याक्टर अनियन्त्रित भई सडकको नालिमा पर्न गई दुर्घटना हुँदा ट्याक्टर चालक जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं.२ खानीखोला बस्ने २९ बर्षिय बिशाल गुरुङ र सह–चालक २२ बर्षिय सुरेश तामाङ घाईते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
उनीहरुको तत्काल आबुखैरेनी अस्पतालमा उपचार गरी थप उपचारको लागी दुवै जना भरतपुर सरकारी अस्पताल चितवनमा उपचार भईरहेको प्रहरीले जनाएको छ । उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।