images
images
images

बाढीपहिरोको जोखिममा तनहुँ, विपद् प्रतिकार्य योजना तयार

images

तनहुँ-तनहुँ जिल्ला बाढी, पहिरोको उच्च जोखिममा छ । जिल्लाका १० वटै पालिका बाढी, पहिरो, आगलागी, चट्याङजस्ता विपद्को जोखिममा रहेका हुन् । जिल्ला प्रशासन कार्यालयका अनुसार १० पालिकाका अधिकांश वडा बाढी, पहिरोको जोखिममा छन् । विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बाढी, पहिरोलगायतका जोखिमको प्रभाव न्यूनीकरण तथा पूर्वतयारीका लागि विपद् पूर्वप्रतिकार्य योजना तयार गरिएको जानकारी दिनुभयो । योजना कार्यान्वयनका लागि जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, जिल्ला समन्वय समिति र स्थानीय तहमा गठित विपद् व्यवस्थापन समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने रिजालले बताउनुभयो ।

पहिरोको प्रकोपका आधारमा व्यास नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, बन्दीपुर गाउँपालिका, घिरिङ गाउँपालिका, ऋषिङ गाउँपालिका, आँबुखैरेनी गाउँपालिका र म्याग्दे गाउँपालिका उच्च जोखिममा रहेका छन् । बाढीको प्रकोपका आधारमा भानु नगरपालिका र देवघाट गाउँपालिका उच्च जोखिममा छन् । कार्यालयका अनुसार व्यासका वडा नं १, ३, ४, ५, ६, ७, ८, ९, १०, ११, १२, १३ सम्म र १४ का ६२ टोल बस्ती पहिरोको उच्च जोखिममा छन् । भानु नगरपालिकाका–४, ५, ६ र ७ का टोलबस्ती, भिमाद नगरपालिकाका– ३, ५, ७, ८ र ९, शुक्लागण्डकी नगरपालिकाका– ९ र १०, देवघाट गाउँपालिकाका– १, २, ३ र ४, बन्दीपुर गाउँपालिकाका–१, २, ४ र ५ का १० बस्ती, घिरिङ गाउँपालिकाका– २, ३, ४ र ५ का १० बस्ती, ऋषिङ गाउँपालिकाका– १, २, ३, ६, ७ र ८, आँबुखैरेनी गाउँपालिकाका– ४, ५, ६ र म्याग्दे गाउँपालिकाका– १ देखि ७ सम्मका बस्ती पहिरोको जोखिममा छन् ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS