दमौली । तनहुँको म्याग्दे गाउँपालिका ६ स्थित मौरीबजारमा पहिरो जादा बिहानैदेखि अवरुद्ध पृथ्वीराजमार्गको दमौली–पोखरा सडकखण्ड सुचारु भएको छ । आज बिहान करिब ६ः४० को समयमा अबिरल बर्षाको कारण सडक माथिबाट पहिरो खस्न गई पुर्ण रुपमा बन्द भएको सडक ८ बजेदेखि पहिरो पन्छाएर सुचारु भएको हो ।
पहिरोका कारण अवरुद्ध सडक खुलाउन स्थानिय पालिका, बिपत् व्यवस्थापन प्रहरी जनशक्ती, चाईनिज कम्पनी लगायतले निरन्तर सवा घण्टासम्म प्रयास गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।