
तनहुँ
अबिरल बर्षा पछि खसेको पहिराका कारण अबरुद्व बनेको पृथ्वीराजमार्गको दमौली–डुम्रे सडक खण्ड दुईतर्फी सवारी आवागमन भएको छ ।
व्यास नगरपालिका–१२ स्थित बेलभञ्ज्याङ्गमा माथिबाट पहिरा खस्दा आइतबार दिउँसो १२ः३० बजेदेखि अबरुद्व बनेको राजमार्गको पहिरा पन्छाएपछि सवारीसाधान सुचारु भएको हो ।
केही दिनदेखि अबिरल बर्षा भैरहेका कारण पृथ्वीराजमार्ग सडक खण्डमा छिन छिनमा पहिरा खस्दा अबरुद्व बन्ने गरेको प्रहरीले जनाएको छ ।
करिब दुई घण्टाको निरन्तर प्रयासपछि राजमार्गको पहिरा हटाएर राजमार्ग सुचारु गर्न सफल भएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । ।
जिल्ला प्रहरी कार्यालय,इलाका प्रहरी कार्यालय डुम्रेबाट खटिएको बिपद व्यवस्थापन प्रहरी टोली,स्थानीय पालिकाको सहकार्यमा पहिरा पन्छाइएको हो ।