images
images
images

तनहुँ जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका ९२७ मुद्वा दर्ता

images

तनहुँ
आर्थिक बर्ष ०७९÷०८० मा तनहुँ जिल्ला अदालतमा नौ सय सत्ताइस मुद्वा दर्ता भएको छ । जसमध्ये सात सय उनान्साठी फछ्र्यौट भई एक सय अरसठ्ठी मुद्वा फछ्र्यौटका लागि बाँकी रहेको छ ।
अदालतमा कूल दुई हजार नौ सय चौविस मुद्वा दर्ता भएकोमा सबै भन्दा बढी संम्बन्ध बिच्छेदका रहेको छ ।
कूल मुद्वामध्ये एक हजार आठ सय तेइस फछर्यौट भई एक हजार एक सय एक मुद्वा फछ्र्यौट हुन बाँकी रहेको अदालतका श्रेष्तेदार केशव प्रसाद पौडेलले जानकारी दिए ।
अन्य मुद्वाको तुलनामा संम्बन्ध बिच्छेदका मुद्वा बढी रहेको सो अदालतले जनाएको छ । अदालतमा दर्ता भएका कूल मुद्वाको ३१ दशमलब ७ प्रतिशत मुद्वा सम्बन्ध बिच्छेदका रहेको छ ।
बैदेशिक रोजगारी गएका व्यक्तिका पत्नी,सानै उमेरमा प्रेम बिवाह हुने र उमेर परिपक्का भएपछि कुराकानी नमिल्दा संम्बन्ध बिच्छेद हुने गरेको उनले बताए ।

त्यसैगरी,अन्तरजातिय बिवाह पश्चात घरपरिवारले नस्वीकारदा, अपेक्षा अनुरुप महिलाको माग पूर्ति नहुँदा,समयमा मायाप्रेम नपाउँदा आत्मसम्मानबाट अपहेलित हुँदा लगायतका घट्नाबाट पनि संम्बन्ध बिच्छेद हुने गरेका छन् ।
अदालतमा मुद्वा ल्याएर दण्ड दिइनु मात्रै बिकल्प नभएकोले मनोसामाजिक परामर्श दिन आवश्यक देखिएको जिल्ला न्यायाधिस कोमलप्रसाद आचार्यले बताए ।

त्यसैगरी अंशबण्डाका पाँच सय नौ मुद्वामा दुई सय ५९ फछ्र्यौट भई दुई सय पचास बाँकी रहेको छ । बिवाह संम्बन्धी तीसमध्ये पन्ध्र पछ्यौट भएको छ भने पन्ध्र वटा बाँकी रहेको छ ।
लिखत बदरका एक सय छयाहत्तरमा सत्तरी फछ्र्यौट भई एक सय छ प्रक्रियामा रहेको छ । त्यसैगरी लेनदेनका एक सय सत्ताइसमध्ये बयासी फछ्र्यौट भई पैतालिस वटा प्रक्रियामा रहेको छ ।

जग्गा सम्बन्धी चौविसमध्ये तेह्र पछ्यौट भएको छ भने एघार वटा पछ्र्यौट हुन बाँकी रहेको सो कार्यालयले जनाएको छ । बहुबिवाहका तेइस मध्ये बाह्र पछ्र्यौट भई एघार वटा प्रक्रियामा रहेको छ ।
त्यसैगरी जबरजस्ती करणीका बहत्तर,कर्तव्य ज्यानका चौतिस,ज्यान मार्ने उद्योगका तेइस,आत्महत्या दुरुत्साहनका आठ,हाडनाताका आठ वटा मुद्वा दर्ता भएको श्रेष्तेदार पौडेलले बताए ।

त्यसैगरी,जबरजस्ती करणी उद्योगका छ,बालयौन दुरुपयोगका चार,गर्भपतनका तीन,छुवाछुतका दुई र बालबिवाहका एक मुद्वा दर्ता भएकोमा करिब ५० प्रतिशत मुद्वा फछ्र्यौट भैसकेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS