images
images
images

सडक भासिएर अबरुद्व पृथ्वीराजमार्ग तीन घण्टापछि एकतर्फी सुचारु

images

तनहुँ २४ साउन
सडक भासिएर अवरुद्व बनेको पृथ्वीराजमार्ग तीन घण्टा पछि संचालनमा ल्याइएको छ । जिल्लाको व्यास नगरपालिका–५ स्थित कन्टारमा सडकको बीच भाग भासिदा राजमार्ग अवरुद्व बनेपछि ह्युमपाइप राखेर संचालनमा ल्याइएको हो ।
दिउँसो करिब १२ ः ३० भासिएको अवरुद्व भएको सडक ३ ः ३० बजेदेखि एकतर्फी संचालनमा ल्याइएको तनहुँका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए ।

करिब तीन घण्टा दुईतर्फी नै सवारीसाधान आवतजावतमा बन्द भएपछि सयौं सवारीसाधान रोकिएका थिए । पृथ्वीराजमार्ग अन्र्तगतका सडक बिस्तारको जिम्मा पाएको चाईनिज कम्पनिसँग समन्वय गरी भासिएको सडक मर्मत पश्चात सुचारु गरिएको हो ।
आजलाई एकतर्फी संचालनमा ल्याएपनि भोली पुन ः ह्युमपाइप थप गरेर दुईतर्फी सवारीसाधान गुड्ने बनाइने योजना रहेको छ ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS