images
images
images

अविरल पानीले दमौली बजार जलमग्न

images

पोखरा– मुग्लिङ सडक खण्ड चार लेनको निर्माण गर्ने क्रममा पृथ्वीराजमार्गको ढल निकासको नाला भत्किएपछि गएराति देखि परेको अविरल पानीले दमौली बजार जलमग्न बनेको छ । मुख्य सडक र सहायक सडकमा पानी भरिएर सडक छेउका घर र पसलमा पानी पसेको थियो । त्यसपछि नगरपालिकाको जेसिबी र ट्रयाक्टर प्रयोग गरेर ढल व्यवस्थापन गरि पानीको निकास गरिएको छ । नगर उपप्रमुख इन्दिरा दरै र वन वातावरण तथा विपत् व्यवस्थापनका संयोजक रणसिं नेपालीको नेतृत्वमा जलमग्न बनेको तरकारीलाईनमा बिहान देखिनै जेसिबी र ट्रयाक्टर प्रयोग गरेर ढल व्यवस्थापन गरि पानीको निकास गरिएको हो । सडक विस्तारको क्रममा सडक डिभिजनले राजमार्गको सडकको पानीको उचित निकास व्यवस्थापन हुन नसक्दा यस्तो समस्या भएको बताईएको छ । उपप्रमुख इन्दिरा दरैले भनिन्,“राजमार्ग विस्तारको क्रममा छ, सडक विभागले हेर्नुपर्ने हो । अहिले तत्कालको लागि अस्थायी रुपमा ढलको निकास गरिएको छ । ” नगरपालिकाका सहायक ईन्जिनियर प्रदिप पौडेलले राजमार्ग विस्तारको क्रममा नालामा रहेको ह्युमपाइप बन्द भएपछि पानीको निकास बन्द भएको बताए । उनले भने,“राजमार्ग विस्तारको क्रममा नालीहरु भत्किएका छन्, जसले गर्दा पानीको उचित निकास हुन सकेको छैन । ” उनका अनुसार जेसिबीबाट पानीको निकास गरिएपछि तत्कालका लागि समस्या हटेको छ ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS