तनहुँ. विपद्ले पुयाउने जोखिम न्यूनीकरणको ला तनहुँको व्यास नगरपालिकाले एक वर्षमा ३ सय ५१ वटा तारजाली निःशुल्क वितरण गरेको छ । गएको चालू वर्ष ७९÷८० मा नगरपालिकाले नदी तथा खोलाको कटान नियन्त्रण, घर–बस्ती तथा सामुदायिक संरचनाको जोखिम संरक्षण, सिँचाइ कुलो क्षति न्यूनीकरणको लागि तारजाली वितरण गरेको हो । आफनो नगर भित्रका विभिन्न स्थानमा विपद्ले पु¥याएको क्षति रोक्न तथा थपक्षति हुन नदिन तारजाली वितरण गरिएको घर नक्सा शाखाका प्रमुख अमृत केसीले जानकारी दिए । उनका अनुसार आपत्कालीन
प्रयोजनको लागि नगरपालिकाले खरिद गरेको तारजाली सम्बन्धित वडाको सिफारिस र विपद् व्यवस्थापन समितिमार्फत अनुमोदन गराइ तारजाली वितरण गरिन्छ । उनले भने,“ लाभग्राही, बस्ती तथा टोलले वडा मार्फत सिफारिस र निवेदन लिएर आएपछि हामीले छानबिन गरि वितरण गछौं । बर्खाको समयमा आएको बाढी–पहिरोबाट पुग्ने क्षतिलाई तत्कालै नियन्त्रण तथा न्यूनीकरण गर्न तोकिएको स्थानमा सम्बन्धित लाभग्राहीबाट ढुङ्गा भरेर जोखिम रोक्नलाई तारजाली उपलब्ध गराइन्छ ।” त्यस्तै नगरपालिकाले गएको वर्षमा ६४ वटा ह्यपाईप पनि वितरण गरेको उनले जानकारी दिए । वितरण गरेपछि जोखिम औँल्याइएको स्थानमा रोकथाम नगरी तारजाली थन्काइएको तथा अनाश्यक क्षेत्रमा दुरुपयोग हुनबाट जोगाउन नगरपालिकाले अनुगमन समेत गदै आएको उनले बताए ।