images
images
images

व्यासमा खरको छाना विस्थापित कार्यक्रम प्रभावकारी बन्दै

images

 व्यास

तनहँुको व्यास नगरपालिकाले खरको छाना विस्थापित गरी विपन्नका घरमा जस्तापाता लगाउने कार्यक्रम प्रभावकारी बनेको छ । लामो समयदेखि खरको छानामुनि बसेका जस्तापाताले छाउन नसकेका परिवारलाई नगरपालिकाले जस्तापाताले घर छाउने गरेको छ । नगरपालिकाले गत आर्थिक वर्ष २०७९÷८० मा ६८ जना अतिविपन्न परिवारको घरमा जस्तापाताले छाउने कार्यक्रम सम्पन्न गरेको नगरपालिकाको घर नक्सा शाखाका प्रमुख अमृत के.सीले जानकारी दिए

५१ लाख रुपैयाँ लागतमा जस्तापाता लगाइएको उनले बताए । नगरपालिकाले प्रतिघर ७५ हजार रुपैयाँ लगानीमा जस्तापाता लगाएको थियो । धेरै वर्षदेखि खरको छानामा बसेकी व्यास १३ की फुलमाया वि.कले जङ्गलको नजिक घर हुँदा खरको छानामा आगलागीको डर हुने गरेको बताईन् । उनको अनुसार नगरपालिकाको सहयोगमा जस्तापाता लगाएपछि अहिले डर हटेको छ ।

तनहँु क्षेत्र नं १ अन्गर्त नगरपालिकाले वडा नं ५ र ६ बाहेक अन्य वडामा खरको छाना विस्थापित गरि घरमा जस्तापाता लगाउने गरेको  छ । जस अन्तर्गत व्यास १ मा ७, व्यास ४ मा १, व्यास ७ मा ७, व्यास ८ मा ३, व्यास ९ मा ४, व्यास १० मा १७, व्यास ११ मा ३, व्यास १२ मा ६, व्यास १३ मा ३ र व्यास १४ मा ८ घरमा जस्तापाता लगाएको छ । सुरक्षति नागरिक आवास कार्यक्रम अन्र्तगत तनहँु क्षेत्र नं १ मा दुई घर धुरी परेका थिए । जसमा ६८ जनालाई पहिलो किस्तामा ४५ हजार रकम दिईएको छ ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS