damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

व्यासमा विपन्न वर्गको घरनक्शा निःशुल्क

तनहँुको व्यास नगरपालिकाले विपन्न वर्गले पक्की घर बनाउँदा निःशुल्क रुपमा नक्सा निर्माण गरिदिने गरेको छ ।

नगरपालिकाको घर नक्सा निर्माण शाखाले नागरिकको आर्थिक समस्यालाई मध्यनजर गर्दै केही सहज बनाउन र पक्की घर बनाउने तर्फ आकर्षित गर्ने उद्देश्यले घर बनाउँदा निःशुल्क रुपमा नक्सा निर्माण गर्ने गरेको शाखाका सहायक ईञ्जिनियर सञ्जय तिमिल्सेनाले जानकारी दिए । निःशुल्क नक्सा कार्यक्रम अन्तगर्त वडा मार्फत विपन्न वर्गले घर बनाउन सिफारिस लिएर आएको खण्डमा निःशुल्क रुपमा नक्सा निर्माण गर्ने गरेको उनले बताए ।

अहिले सम्म उक्त कार्यक्रम मार्फत ५ जनाले निःशुल्क रुपमा घरको नक्सा पास गरि घर निर्माण गरेका छन् । उनले भने,“ वडा मार्फत विपन्न वर्गले सिफारिस लिएर आएपछि हामीले उहाँहरुले चाहेको अनुसार नक्सा निःशुल्क रुपमा बनाउने गरेका छौं । ” दुई, तिन र चार कोठे घरका लागि विभिन्न ८ वटा मोडल रहेको समेत उनले बताए । कतिपय नागरिकहरूले नक्सा बनाउने खर्च धेरै भएका कारण कच्चा घरमै बस्नुपर्ने वाध्यताको अन्त्य गर्नका लागि पनि नगरपालिकाले नक्सा निर्माण निःशुल्क गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले            बताए ।

उनले विभिन्न कन्सलटेन्सिहरूले महंगो शुल्कमा घरको डिजाइन बनाइदिने गुनासोलाई सम्बोधन गर्दै नगरपालिकाले विपन्न वर्गको घरको नक्सा डिजाइन गरिदिने बताए । घर नक्सा शाखाका प्रमुख अमित के.सीले घरको नक्सा निर्माणका लागि आर्किटेक इन्जिनियरहरूलाई खटाइएको बताए । उनले पक्की घर निर्माणले नगरवासीलाई सुरक्षित बनाउने बताए ।

प्रतिक्रिया दिनुहोस्

sukala