दमौली, १४ साउन ।
नेकपा एकीकृत समाजवादीको जिल्ला अध्यक्षमा काजिमान श्रेष्ठ सर्वसम्मत चयन भएका छन् ।
आइतबार जिल्ला कमिटीको बिस्तारित बैठकले श्रेष्ठलाई अध्यक्ष चयन गरेको हो ।
आइतबार केन्द्रिय पोलिटब्युरो सदस्य प्रतापलाल श्रेष्ठ, पार्टी अनुशासन आयोगका उपाध्यक्ष विद्या ढकाल,केन्द्रिय सदस्य कलिला खान,शंकर पोख्रेल लगातयको उपस्थितिमा भएको बैठकले श्रेष्ठलाई चयन गरेको पार्टीका उप सचिव गजेन्द्र पन्तले बताए ।
यसैवीच एकिकृत समाजवादीले साउन ५ गते नै जिल्लाको बैठक बसी तत्कालीन जिल्ला अध्यक्ष श्रीराम कार्कीलाई कारवाही गरेको पार्टीका उपाध्यक्ष मनुमाया श्रेष्ठले बताइन् ।
कार्कीले पार्टी विरुद्वको कृयाकलाप गरेकाले साधारण सदस्य समेत नरहने गरी कार्कीलाई कारवाही गरीएको श्रेष्ठले बताइन् । साउन ५ गते समावाजवादी तनहुँका अध्यक्ष कार्की एमाले प्रवेश
गरेका थिए ।
्