ब्यास
तनहँुको व्यास नगरपालिकाले गएको आर्थीक वर्ष २०७९÷८० मा जम्मा ४ किलोमिटर सडक कालोपत्रे गरेको छ ।
तनहँुको व्यास नगरपालिकाले गएको आर्थीक वर्ष २०७९÷८० मा ३८ कि.मी सडक विस्तार गरेकोमा चार किलोमिटर मात्र कालोपत्रे गरेको हो ।
नगरपालिकाको योजना शाखाले दिएको तथ्याङक अनुसार गएको वर्षमा ४ कि.मी सडक कालोपत्रे गरिएको थियो भने २६ कि.मी नयाँ ट्रयाक खोलिएको र ८ कि.मी सडक गाभे्रल गरिएको हो । त्यस्तै १७ कि.मी पक्की नाला समेत विस्तार गरिएको योजना शाखाका अधिकृत भेषराज तिवारीले जानकारी दिए ।
उनका अनुसार थप ४ कि.मी सडक कालोपत्रे हुदै गरेको र केही महिनामै सम्पन्न हुने भएको छ । उनले भने,“नगरपालिकाको आफनौ लागतमा उक्त सडक पिच गरेका हौं, १ कि.मी सडक पिच गर्न १ करोड भन्दा पनि बढी रकम खर्च हुने गर्दछ । ” उनले अघि भने,“पिच गरिएको सडकमा कालोपत्रे मात्र गरिदैन, पक्की नाला निर्माण देखि पहिरो रोकथामको भौतिक निर्माण गरिन्छ । ”
योजना शाखाले दिएको तथ्याङक अनुसार गएको वर्षमा ११ वटा वडामा कुल १२ कि.मी नयाँ ट्रयाक विस्तार गरिएको छ । जस अनुसार वडा नं १ मा ६ सय २० मिटर, वडा नं ३ मा ६५० मिटर, वडा नं ४ मा १ सय मिटर, वडा नं ५ मा ८ सय ५३ मिटर, वडा नं ६ मा ८ सय ३५ मिटर, वडा नं ८ मा ७ सय ५० मिटर, वडा नं ९ मा १ हजार २ सय मिटर, वडा नं १० मा १ हजार मिटर, वडा नं १२ मा ४ सय ९२ मिटर, वडा नं १३ मा २ हजार ४ सय ९० मिटर र वडा नं १४ मा २ हजार ८ सय ९० मिटर सडक नयाँ ट्रयाक विस्तार गरिएको छ ।
त्यसैगरि ८ वडा मा २४ कि.मी बाटोमा ग्राबेल गरिएको छ । जस अनुसार वडा नं ६ मा ६ कि.मी, वडा नं ८ मा ७ सय २० मिटर, वडा नं १० मा १.५ कि.मी,वडा नं ११ मा ५ कि.मी, वडा नं १२ मा १.२ कि.मी,वडा नं १३ मा २.१ कि.मी र वडा नं १४ मा ६ सय ८० मिटर बाटोमा ग्राबेल गरिएको छ ।