images
images
images

एनआरएनए माल्टाको महासचिवमा देवघाटका बगालेको उम्मेदवारी

images

यहि जुलाई ३० मा हुने गैर आवासीय नेपाली संघ माल्टाको निर्वाचनमा तनहुँको देवघाट गाउँपालिकाका प्रकाश बगालेले महासचिवमा उम्मेदवारी दिएका छन् ।
गैर आवसिय नेपाली संघ माल्टाको आगामी (२०२३–२०२५) कार्यकालको लागि सम्पुर्ण साथीहरूलाई सहमति र सहकार्य गर्दै एकजुट भइ मजबुत एनआरएनहरु बनाउन आग्रह गर्दा साथीहरूमा दम्भ र प्रतिशोध देखिएको हुँदा धेरै साथीहरूको सल्लाह सुझाव अनुसार आफुले महासचिव पदमा उम्मेद्बारी घोषणा गरेको बगालेले बताए ।

एनआरएनए माल्टामा विगतमा भएका कमि कमजोरीलाई सुधार गर्दै लैजान आवश्यक रहेको समेत जानकारी गराउदै बगालेले माल्टामा भएका बिकृतीहरुको विरुद्ध व्यक्तिगत र पत्रकारिता मार्फत सचेत गराउदै आइरहेको बताए ।
माल्टावासी नेपालीहरुको सुख, दुःखमा कत्ति पनि बिचलित नभई सामाजिक उत्तरदायीत्व बहन गर्ने उदेश्यका साथ यही जुलाई ३० मा हुन गहिरहेको गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) माल्टाको आसन्न निर्वाचन (२०२३–०२५) कार्यकालका लागि सम्पूर्ण माल्टावासी दाजुभाई तथा दिदीवहिनी र अग्रजहरुको सर–सल्लाह, साथ सहयोग रहने विश्वासका साथ महासचिब उम्मेदवारी घोषणा गरेको बगालेले बताए ।

हालसम्म एनआरएनए माल्टाको नेतृत्वमा राजनीति दल सम्बद्ध व्यक्ति तथा संस्थाको प्रभाव रहेपनि यसपटक भने कुनै दलमा आबद्ध नभएका युवा उम्मेदवारहरुको प्रभाव बढेको बगालेले बताए । स्वतन्त्र उम्मेदबारहरुको नेतृत्व महासचिवको उम्मेदवारको रुपमा बगालेले गरेका छन् ।

बगालेको नेतृत्वमा स्वतन्त्र उम्मेदवारहरु चुनाबी मैदानमा छन् । सो समुहलाई अधिकांश माल्टावासी नेपालीहरुले सहयोग गर्ने भएका छन् । सो समुहले ‘हाम्रो उम्मेदवारी गुट उपगुट भन्दा माथि, एनआरएनए प्रवासी नेपालीहरुको साथि’ भन्ने नारा अगाडि सारेको छ ।
सो स्वतन्त्र समुहबाट उपाध्यक्ष दिनेश कार्की, महासचिवमा प्रकाश बगाले, उप महासचिवमा तेज बिक्रम खड्का, युवा उपाध्यक्षमा बाबुराम चौहान, कोषाध्यक्षमा बलदेव भण्डारी, युवा संयोजकमा सुदिप बि.क र सदस्यहरुमा सम्झना लामिछाने, रन्जित थापा, सुर्य बहादुर थापा र हर्क घले रहेका छन् ।


सो स्वतन्त्र समुहले माल्टाबासी नेपालीहरु समक्ष चुनावी प्रतिबद्धता र संकल्पहरु समेत सार्वजनिक गरेको छ । सो समुहले वैदेशिक रोजगारी अन्तर्गत वैदेशिक रोजगारीको शिलशिलामा विभिन्न खालको ठगी धन्दा तथा अनैकित कार्य गर्ने व्यक्ति तथा एजेन्सी विरुद्ध नेपाली कानुन अनुसार कारवाही गर्न नेपाल सरकारलाई पहल गर्ने तथा माल्टालाइ रोजगारको गन्तव्य बनाएर सबै नेपालीले कर्मथलो बनाएको देशमा शुनिस्चित मेडिकल इन्सुरेन्स न्युनतम मुल्यमा अधिकारिक इन्सुरेन्स कम्पनिसँग गराइने प्रतिबद्धता जनाएको छ ।
यस्तै माल्टामा रोजगारको शिलशिलामा कम्पनि परिवर्तन गर्नु पर्ने भएमा विभिन्न समस्या आइपर्दा परिचय र माल्टा जबलेस सम्बन्धि समस्याको निवारणको लागि सहकार्य गरि समाधानको निम्ति पहल गर्ने प्रतिबद्धता जनाएको छ ।
त्ययैगिर डकुमेन्ट अन्तर्गत विभिन्न समस्या आइपरे नेपाली दाजुभाई दिदीबहिनीको हकमा कानुन व्यवसायीको सुबिधा साथै कानुनी परामर्श दिने, जबलेस आईडेन्टिटि माल्टा अन्तर्गत पर्ने विभिन्न समस्यालाई मध्यनजर गरि सो समस्यालाई न्यूनीकरण गर्न महिनामा १ पटक चेतनामुलक कक्षाहरू संचालन गर्ने प्रतिबद्धताहरु जनाईएको महासचिवका उम्मेदवार बगालेले बताए ।

त्यसैगरि माल्टामा रहेको विभिन्न संघ संस्थासँग सहकार्य गरि नेपाली संस्कृति, नेपाली कला कृति नेपाली खाना नेपाली चाडपर्व संगीत र पर्यटनको प्रर्बधन गरिने, युवा नेपाली दाजुभाई दिदीबहिनी लाई मध्यनजर गर्दै समय पायक पर्ने गरि विभिन्न खेलकुद प्रतियोगिता आयोजना गरिने, कुलतमा फसेका नेपाली युवालाई मध्यनजर गरि कुलतबाट निकाल्नको लागि उचित परामर्श र मेडिकल परामर्श प्रदान गर्न पहल गरिने, नेपाली राजदुतावास, नेपाल सरकार साथै माल्टा सरकारसँग सहकार्य गरि पासपोर्ट नवीकरण तथा श्रम नवीकरण गर्नाकालागि समय पायक पारी घुम्ती शिविर सन्चालन गर्न पहल गरिने आफ्नो समुहको घोषणापत्र रहेको बगालेले बताए ।
त्यस्तै माल्टावासी नेपाली दाजुभाई दिदीबहिनीलाई समस्या आइपरे सो नेपालीको हकमा आपतकालीन साथ सहयोग प्रदान गरिने, संस्थाको कोषमा जम्मा भएको कोष, रकम र विभिन्न आय्य व्ययको आर्थिक पारदर्शिता गर्ने तथा संस्थाको हरेक आर्थिक गतिविधिलाई माल्टावासी नेपाली दाजुभाई दिदीबहिनी सामु पेस गरिने, उच्च शिक्षा हासिल गर्न विद्यार्थीको रुपमा माल्टा आउनु भएको विद्यार्थी दाजुभाई दिदीबहिनीहरु लाई मध्यनजर गरि उहाँहरुको समस्या बुझी समस्या समाधान गर्न सम्बन्धित निकायसँग पहल गरिनेछ र पार्ट टाइम जबको लागि उचित परामर्श दिइनेछ ।

माल्टा मात्र नभई नेपालमा पनि आइपर्ने विभिन्न समस्यालाइ मध्यनजर गरि सो समस्याको लागि सबै संघ संस्था संग सहकार्य गरि आपतकालीन कोष र साथ सहयोग जुटाइने स्वतन्त्र समुहको घोषणापत्र तथा संकल्प रहेको बगालेले बताए ।
आफ्ना यी घोषणा पूरा गर्न आगामी जुलाई ३० मा हुने निर्वाचनमा आफ्नो समुहलाई बिजयी गराउन सम्पूर्ण एनआएएनए माल्टाका सदस्यहरुलाई अपिल गरिएको बगालेले बताए । देवघाट गाउँपालिका–५ का स्थायी बासिन्दा बगाले सन २०१८ देखी माल्टामा कार्यरत रहेका छन् ।

 

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS