तनहुँ । तनहुँको बन्दिपुर गाउॅपालिका –२ मुच्चुकमा रहेको मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा प्रदान गरिएको छ । सोमबार रिस्ती विकास समाज तनहुँको समन्वयमा र स्थानिय समाजसेवी एवं कांग्रेस नेता रेशम गुरुङको पहलमा मुकेन्देश्वरी आमा समूहलाई नौमती बाजा प्रदान गरिएको हो ।
संयुक्त राज्य अमेरिकामा बसोबास गर्ने विनोद थापा, तपस भट्टराई, कुवेतमा बसोबास गर्ने राजेन्द्र बिराई, काठमाण्डौंमा बसोबास गर्ने पूर्णिमा आले र तनहुँका कांग्रेसका नेता एबं ब्यबसायी पुरुषोत्तम खनालको आर्थिक सहयोग आमा समूहलाई पञ्चेबाजा प्रदान गरिएको स्थानिय प्रबिना गुरूङले जानकारी दिए ।
नौमती बाजा हस्तान्तरण गदैं प्रोफेसनल मिडिया ग्रुप एवं रिस्ती विकास समाज तनहुँका अध्यक्ष नवीनराज पौडेलले बन्दिपुर २ का स्थानियलाई जिविकोपार्जन र स्वरोजगारमा टेवा पुग्ने उद्देश्यले नौमती बाजा बितरण गरिएको बताए ।