images
images
images

एक बेवारिसे मानसिक रोगी महिलाको उद्वार

images

तनहुँ, व्यास नगरपालिका–३ देउराली नगर टोलमा करिब छ महिनादेखि बस्दै आएकी एक बेवारिसे मानसिक रोगी महिलाको उद्वार गरि उपचारको लागि ललितपुर पठाइएको छ । अन्दाजि २६ वर्षिया गिता कार्किलाई उद्वार गरी उपचारको लागि कोशिष नेपाल केन्द्रीय कार्यालय ललितपुर पठाइएको हो ।
महिलाको आपतकालिन उद्वार एवं व्यवस्थापनको लागि एम्बुलेन्समा राखेर कोशिष नामक संस्थामा पठाइएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए। महिलाको कोशिस नेपालमा राखेर तीन महिना सम्म उपचार गरिने र उक्त खर्च व्यास नगरपालिकाले व्यवहोर्ने नगरप्रमुख न्यौपानेले बताए ।
उनले भने,“प्रहरीको सहयोगमा उहाँलाई उपचारको लागि काठमान्डौ पठाएका छौं । उपचार खर्च वापत नगरपालिकाले मासिक १५ हजार कोशिस नेपाललाई उपलब्ध गराउने छ । ” जनप्रतिनिधि र नगरप्रहरी सहित नगरपालिकाको एम्बुलेन्समा उक्त महिलालाई काठमान्डौं लगिएको हो ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS