images
images
images

नेपाल एसविआई बैंक लिमिटेड, दमौली शाखाको सहयोग

images

दमौली, 
नेपाल एसविआई बैंक लिमिटेड, दमौली शाखाले व्यास नगरपालिका वडा नं. ०३ स्थित व्यास गुफा परिशरमा निर्माणाधीन सन्त भवन तथा अन्य निर्माण कार्यको लागी  आर्थिक सहयोग गरेको छ ।
बैंकले  ५० हजार रुपयाँ वेदानुयायी प्रतिष्ठान नेपाल, केन्द्रीय कार्यालय व्यास गुफा तनहुँ मार्फत आइतबार सहयोग गरेको हो ।
आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकका गण्डकी प्रदेश प्रमुख  सुशील चन्द्र महतले उक्त रकम वेदानुयायी प्रतिष्ठान नेपालका मुल संरक्षक दामोदर वावालाई हस्तान्तरण गरेको वैंकका शाखा प्रवन्धक दिवाकर भट्टले जानकारी दिए।

नेपाल एसविआई वैंक लिमिटेड दमौली शाखाका प्रवन्धक  दिवाकर भट्टका अनुशार वैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हरेक वर्ष विभिन्न सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको र यसका साथै वित्तीय साक्षरता सम्वन्धी कार्यक्रम पनि गर्दै आएको छ ।
सहयोग स्वरुप प्राप्त रकमलाई व्यास गुफामा निर्माणाधिन सन्त भवन तथा अन्य निर्माण कार्यमा प्रयोग गरिने वेदानुयायी प्रतिष्ठान नेपालका मुल संरक्षक दामोदर बाबाले वताए ।

सहयोग हस्तान्तरण कार्यक्रममा वेदानुयायी प्रतिष्ठान नेपाल सचिव ऋषिराम ढुङ्गाना लगायत  व्यवस्थापन समिति पदाधिकारीहरु, नेपाल पत्रकार महासंघ तनहूँ जिल्ला अध्यक्ष  उज्वल पौडेल तथा बैंक कर्मचारीहरुको सहभागिता रहेको थियो ।
नेपाल एसविआई वैंक लिमिटेडले ९३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय तथा १ कर्पोरेट अफिसका साथै १२८ एटिएम बाट नेपाल भरी आफ्नो सेवा प्रदान गर्दै आएको छ  ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS