images
images
images

आईतबार व्यासको नगरसभा करिब १ अर्ब ६० करोडको बजेट ल्याईदै

images

तनहँु

व्यास नगरपालिकाकाले आजआगामिआर्थिक वर्ष २०८०÷८१ को नीति, वजेट तथाकार्यक्रम प्रस्तुतगर्ने भएको छ । व्यास नगरपालिकाको सभाहलहुने सभामाकरिब १ अर्ब ६० करोडको बजेट प्रस्तुतगरिने नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले प्रदत्त गरेको अधिकार, विधि र प्रक्रियाअनुसार नीति बजेट तथाकार्यक्रम प्रस्तुतगर्न लागिएको हो । आर्थिक वर्ष २०७९÷८० कालागि १ अर्ब ७७ करोड ८९ लाख १२ हजार रुपैयाँको बजेट पास गरेकोनगरपालिकाले भने यो पटक घटाएर करिब १ अर्ब ६० करोड को बजेट ल्याउनने अनुमान गरिएको छ।

नगर प्रमुख न्यौपानेकाअनुसार संघीय एवं प्रदेश सरकारले दिदै आएको ससर्त, समानिकरण, समपुरक र विशेष अनुदान यसपटक थोरै आएको हुनाले बजेट घटेको बताए । उनले भने,“बजेट घटेपनि सबै कार्यक्रमलाई समेटिएको छ । सबै क्षेत्रलाई प्राथमिकमा राखि बजेट ल्याउने छ । ”उनकाअनुसार नगरपालिकाले वडागत योजनाहरु तर्जुमा गरी बजेटनिर्माण गरिएको हो । आर्थिक वर्ष २०८०÷८१ को वजेट तथाकार्यक्रमको लागिनगरपालिकाले वडागत सिलिङ तयार गरी योजनाहरुको तर्जुमा गरेर विषयगत समितिमार्फत छलफल गरिनीति, वजेट तथाकार्यक्रमतयार गरिएको छ । अघिल्लो वर्ष हरेक वडालाई १ करोड २५ लाख बजेट तोकिएकोमा यो पटक भने १ करोडको बजेट मात्र मापदण्ड तय गरिएको छ । वडाबाट आएका योजना छनौटमा सडक, सामाजिकविकास, शिक्षा, स्वास्थ्य, वनतथावातावरण,आर्थिक, संस्थागत सुधार लगायतका योजनाहरु प्राथमिकतामा राखिएको उनले बताए । यो नगरपालिकाले सबै वर्गलाई समेटेर बजेट ल्याउनलागिएको उप प्रमुख इन्दिरा दरैले बताईन् ।

उनको अनुसार बालविवाहलाई रोक्नको लागि २० वर्ष पुगेर बिहे गर्ने युवतीलाई १० हजार प्रोत्सान रकमदिईने नितिल्याईने भएको छ । दलित चेपाङ,दरै, बोटे र कुमाल समुदायकायुवतीहरुले २० वर्ष पुगेपछि बिहे गरेमाउक्तप्रोत्सान रकमप्रदानगरिने उनले बताईन् । महिलाउद्यमीहरुको व्यवसायलाई प्रोत्सानगर्न व्यापार मेलाको आयोजना समेत गरिने कार्यक्रमल्याउने उनले बताईन् । त्यस्तै विदेशबाट फर्किएर आएकामहिलाहरुलाई यहि रोजगारी दिने कार्यक्रम ल्याईने उपप्रमुख दरैले जानकारी दिईन् ।

images
उद्घोष न्यूज : Udghosh News
images
SKIP THIS