damuli hospatail

२२ मंसिर २०८०, शुक्रबार

स्थापना दिवसमा म्याग्देका तीन बिद्यालयलाई आर्थिक सहयोग

दमौली
म्याग्दे गाउँपालिका स्थित सुप्रिम बचत तथा ऋण सहकारीले आफ्नो १५ औं स्थापना दिवसको अवसर पारेर सामुदायिक बिद्यालयहरूलाई आर्थिक सहयोग गरेको छ । सहकारीले सामाजिक उत्तरदायित्वको भावना अन्तर्गत म्याग्देका तीन वटा बिद्यालयलाई प्रति बिद्यालय ७ हजार ५ सयका दरले कुल २२ हजार ५ सय आर्थिक सहयोग गरेको सहकारीका अध्यक्ष मनोज अधिकारीले बताए ।

यसरी सहयोग पाउनेमा म्याग्दे १ मा रहेको महेन्द्र माध्यमिक बिद्यालय , म्याग्दे २ को राधा माध्यमिक बिद्यालय र म्याग्दे ४ को मीन माध्यमिक बिद्यालय रहेको अधिकारीले बताए । सहकारी स्थापनाको अवसरमा रक्तदान , स्वास्थ्य सिबिर लगायतका कार्यक्रम गर्दै आएकोमा यसपटक बिद्यालयले बस खरिद गर्न लागेको हुँदा आर्थिक सहयोग गरेको सहकारीका उपाध्यक्ष भिमलाल श्रेष्ठले बताए । सहकारीले आफ्नो मुख्य कार्यलय रहेको थर्पु तथा शाखा कार्यलय रहेको गुणादी सेवा केन्द्र बाट पहिलो सेवा लिने सेवाग्राहीलाई सम्मान गरेको सहकारीका व्यवस्थापक रमेश श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

sukala