व्यास
जिल्लाको व्यास नगरपालिकाले सुरु गरेको उपमेयरसँग महिला कार्यक्रम अन्र्तगत १२ कक्षा पास गरेका पन्ध्र जना बेरोजगार महिलालाई अनुदान प्रदान गरेको छ ।
उक्त कार्यक्रम अन्तर्गत रहेको शैक्षिक बेरोजगार महिलाहरुलाई उद्यमशिल बनाउने अभियानमा नगरपालिकाले प्रोत्साहन स्वरुप रु।पचास हजारका दरले अनुदान प्रदान गरेको हो ।
व्यास नगरपालिकाका महिलाहरुलाई आर्थिक,स्वास्थ्य, तथा रोजगारी क्षेत्रमा सबल र सक्षम बनाउने उद्देश्यले सञ्चालन गरिएको उपमेयरसँग महिला कार्यक्रम प्रभावकारी बन्दै गएको हो ।
निवेदन परेका शैक्षिक बेरोजगार महिलाहरुको व्यवसायको स्थलगत निरिक्षण गरि अनुदान प्रदान गरिएको महिला बालबालिका अपाङगता तथा ज्येष्ठ नागरिक उपशाखाकी प्रमुख राधा अचार्यले जानकारी दिइन् ।
“उपमेयरको संयोजत्वमा गठित अनुगमन समितिले दरखास्त परेका महिलाहरुले संचालन गर्न खोजेका व्यवसाय तथा संचालन गरेका व्यवसायको स्थलगत अनुगमन गरि अनुदान प्रदान गरेको उनले बताइन् ।
अनुदान पाउनेमा अधिकांशले कृषि तथा पशु फर्म संचालन गरेका छन् । अनुदान पाउनुभएकी व्यास–८ मा रहेको अधिकारी पशुपालन तथा कृषि फर्मकी पार्वती पराजुली अधिकारी भनिन्‘यो कार्यक्रमले हामी जस्ता विपन्न र मध्यम वर्गका महिलाहरुलाई धेरै फाईदा भएको छ,नगरपालिकालाई धेरै धन्यवाद दिन चाहन्छौ ।’
२०७८ असोज ७गते नगरप्रमुख बैकुण्ठ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले शैक्षिक बेरोजगार महिलालाई अनुदान दिन मापदण्ड पारित गरेको थियो ।
उपमेयरसँग महिला कार्यक्रम अन्तर्गत रहेको गर्भवती महिला पोषण कार्यक्रम मार्फत १ सय ९ गर्भवती महिलालाई पोषण खर्च वापत रु।पाँच हजारका दरले प्रदान गरिएको छ ।
गर्भवती अवस्थामा महिलाहरुलाई आवश्यक पर्ने पोषणतत्व खरिद गर्न उक्त रकम प्रदान गदै आएको उपप्रमुख ईन्दिरा दरैले बताइन् ।
अपाङगता भएका आठ जनालाई आयआर्जन गर्नका लागि बाख्रा वितरण समेत गरिएको छ ।
उपमेयर सँग महिला कार्यक्रम मार्फत महिलालाई आय आर्जनसँग जोडेर उनले कार्यक्रम मार्फत विपन्न, एकल, अपाङ्गता भएका र हिंसापीडित महिलाका लागि प्राथमिकता दिँदै लगानी गरिएको उनले बताइन् ।
“बालविवाह, बहुविवाह, घरेलु हिंसा जस्ता महिलाका थुप्रै समस्यामा केन्द्रित भएकी छु ।”त्यस्तै उक्त कार्यक्रम अन्तर्गत महिला प्रजनन स्वास्थ्य कार्यक्रम पनि सञ्चालन हुदै आएको छ ।
नगर प्रमुख न्यौपानलेले उपमेयरसँग महिला कार्यक्रम नमूना परियोजनाका रूपमा अगाडि बढेको बताउँदै यसलाई उत्पादनमा जोड दिँदै स्वरोजगार सिर्जना गरी महिलालाई आत्मनिर्भर बनाउन नगरपालिकाको सहयोग रहने विश्वास व्यक्त गरे ।