तनहुँ
आँबुखैरेनी गाउँपालिका वडा नं. २ एक्लेफाँट स्थित पृथ्बी राजमार्गमा दुर्घटना हुँदा मा १ जनाको मृत्यू भएको छ ।
मुग्लिन तर्फबाट लम्जुङ जानको लागी आउदै गरेको ना ६ ख ३०१६ न। को ट्रक र सोही दिशाबाट आउदै गरेको बा ७० प ९४७४ न. को मोटरसाइकल ठोक्किई दुर्घटना हुँदा मोटरसाइकल पछाडी सवार जिल्ला लम्जुङ सुन्दरबजार नगरपालिका वडा नं।९ बस्ने ५८ बर्षिय को चन्द्र ब। गुरुङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार मोटरसाइकल चालक जिल्ला तनहुँ आबुखैरेनी गाउँपालिका वडा नं. २ मार्कीचोक घर भई हाल जिल्ला काठमाण्डौ बुढानिलकण्ठ नगरपालिका वडा नं.३ बस्ने ५५ बर्षिय राजु गुरुङ घाईते भएका छन् । घाईते गुरुङको आबुँखैरेनी अस्पताल तनहुँमा उपचार भईरहेको,उक्त ट्रक र ट्रक चालक ई.प्र.का.आबुखैरेनी तनहुँको नियन्त्रणमा रहेको प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








